फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण

२ चैत्र २०६८, बिहीबार ०९:१० मा प्रकाशित

रविराज बराल
काठमाडौंको एउटा कर्पोरेट अफिसमा काम गर्ने रोजिनाले आइतबार बिहान कार्यालय पुग्ने बित्तिकै फेसबुक खोलिन् । फेसबुक खोल्नासाथ आफ्नो वालमा ट्याग भएको अश्लिल तस्विर देखेर उनी आत्तिईन् र तत्कालै सँगैकी साथीलाई त्यो देखाईन् ।

दुबै जनाले चिनेको र त्यही कार्यालयको पूर्वकर्मचारीको नामबाट त्यो तस्विरको लिंक ट्याग भएको थियो । रोजिनाले त्यो अश्लिल फोटो सहितको लिंक हटाईन् । कार्यालयका पूर्व साथीलाई फोन गरिन् र भनिन्, “मेरो वालमा अश्लिल फोटो किन ट्याग गरेको ?” रोजिनाको प्रश्न सुनेर पहिला त उनका साथी अलमलमा परे र रोजिनालाई आफूले तीन दिनदेखि फेसबुक नखोलेको स्पष्ट पारे । तर रोजिना आफ्नो वालमा अश्लिल फोटो सहितको लिंक कसरी आयो आफैं अलमलमा परिन् । र यसबारेमा आफ्ना साथीहरुसँग बुझ्न थालिन् ।

रोजिना त एक उदाहरण मात्र हुन् । हिजो आज अटोमेटिक भाइरसको कारणले गर्दा वालमा अश्लिल फोटो सहितको साइटको लिंक आउने समस्याले अधिकांस फेसबुक प्रयोगकर्ता पीडित छन् । कतिले त आफ्नो वालमा भाइरसको कारणले गर्दा अश्लिल साइटको लिंक ट्याग भएको र त्यो आफूले नगरेको भन्दै स्टाटस मार्फत नै स्पष्टिकरण दिइ रहेका छन् ।

यो सबै फेसबुकमा खतरनाक भाइरसले गरेको आक्रमणको नतिजा हो । इन्टरनेटको भाषामा यसलाई ‘स्पाम’ भनिन्छ । केही समय अघि युरोप र अमेरिकामा आतंक मच्चाएको यो भाइरसले अहिले एसियाका नेपाल लगायतका देशका फेसबुक प्रयोगकर्ताहरुको वालमा आतंक मचाएको छ ।

कसरी हुन्छ आक्रमण ?

तपाईँका साथीहरुको प्रोफइलबाट तपाईँको वालमा लिंक सेयर हुन्छ जहाँ अश्लिल अथवा हिंस्रक प्रकृतिका भिडियो हुन्छन् । यो भिडियोसँगै एउटा सन्देश पनि हुन्छ जहाँ लेखिएको हुन्छ – तपाईँ यो भिडियो पुरा हेर्न सक्नुहुन्न । जब तपाईँ यो लिंक क्लिक गर्नुहुन्छ, यो तपाईँका साथीहरुको वालमा पनि पुग्छ । एवं रितले यो फेसबुकका प्रयोगकर्ताहरुसम्म अति तीब्र गतिमा फैलिन्छ ।

फेसबुकले नियन्त्रण गर्न सक्दैन ?

यसअघि पनि यस्ता खालका भाइरसले फेसबुकलाई आक्रमण गरेका थिए तर फेसबुकले तिनलाई नियन्त्रण गर्न सफल भएको थियो । तर यसपटकको भाइरस भने निकै खतरनाक भएको र नियन्त्रण गर्न गाह्रो भएको फेसबुकले जनाएको छ । यद्यपी फेसबुकले यस्ता स्पामको नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।

कसरी बँच्ने त भाइरसबाट ?

फेसबुक नचलाई बस्न त पक्कै सकिँदैन । त्यसैले आफ्नो वालमा यस्तो लिंक भेटिएमा त्यसमा क्लिक नगर्नु नै यो भाइरसबाट बँच्ने राम्रो उपाय हो । तत्काल के गर्ने भन्नेबारे फेसबुक कै आधिकारिक धारणा कुर्नुपर्ला । सुरक्षाका उपायबारे जानकारी लिन फेसबुकको आधिकारिक ब्लग तथा हेल्प पेज नियमित रुपमा भिजिट गर्नुपर्छ ।

सबै भन्दा राम्रो उपाय तत्काललाई आफ्नो प्राइभेसी सेटिङमा गएर वाललाई ब्लक गर्नु नै राम्रो उपाय होला ताकि कसैले तपाईँको वालमा केही पोष्ट गर्न नसकोस् । अर्को ध्यान दिनुपर्ने कुरा कसैको नामबाट आफ्नो फेसबुक वालमा अश्लिल लिंक सेयर भएमा उसलाई गाली गर्ने वा अन्फ्रेन्ड गर्ने नगर्नुहोस किनकी यो भाइरसको कमाल हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ