राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट बर्खास्त गरेर बालुटारबाट घर पठाउन सक्छन् : ओली

३ भाद्र २०६९, आईतवार १८:०८ मा प्रकाशित

भक्तपुर, ३ भदौ । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले राष्ट्रपति डा. रामबरण यादवले प्रधानमन्त्रीलाई बर्खास्त गरेर बालुवाटारबाट हटाउन सक्ने दावी गरेका छन् । पत्रकारहरुको टोलिसँग कुरा गर्दै नेता ओलीले राष्ट्रपति एकमात्र निर्वाचित निकायको रुपमा रहेको, प्रधानमन्त्री काम चलाउ भईसकेकोले मुलुकलाई बर्तमान राजनीतिक र संबैधानिक जटिलताबाट निकास दिन राष्ट्रपति मात्र सक्षम रहेको स्पष्ट पारे ।
‘राष्ट्रपतिले पहिलो पत्र पठाएर प्रधानमन्त्रीलाई कामचलाउ बनाई दिनुभयो । अब अर्को पत्र पठाएर वर्खास्त गरेर बालुवाटारबाट हटाउन सक्नु हुन्छ ।’ राष्ट्रपति सम्मानित राजनीतिक पद भएको भन्दै ओलीले भने, ‘यो कुनै मठको मठाधिस र महन्त जस्तो पद होईन चुप लागेर बस्ने, राष्ट्रपति संविधानको रक्षक र संरक्षक पनि हो ।’
माओवादी पहिलादेखिकै रणनीति अनुसार अहिले पनि सत्ताकब्जा गर्ने योजनामा रहेको दावी गर्दै ओलीले संविधानसभाको हत्या गरेर सत्ता नछाडी अन्यौलताको फाईदा उठाउँदै माओवादी सत्ताकब्जा गर्ने योजनाका साथ अगाडि बढेको तर काग्रेस भ्रममा रहेको आरोप लगाए । उनले भने, ‘काग्रेस माओवादीले किस्तीमा हालेर सत्ता आफूहरुलाई दिन्छ भनेर लोभिएको छ । जुन काग्रेसको दिवास्वप्न मात्रै हो ।’
प्रचण्डको २०–२५ वर्षसम्म पनि यहि सरकार रहन्छ भन्ने अभिब्यक्ति सत्ताकब्जाको उपज भएको भन्दै माओवादी अहिले अन्तिम सत्ताकब्जाको प्रयासमा रहेको दावी ओलीको थियो । उनले माओवादीलाई सुझाव दिदै भने, ‘यो १७ औं र १८ औ शताब्दी होईन । २१ औ शताब्दी हो, यो कुरा माओवादीले भुल्नु हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका