एनेकपा माओवादी दलालहरुको झुण्ड हो: थापा

३ भाद्र २०६९, आईतवार १७:५७ मा प्रकाशित

काभ्रे, ३ भाद्र । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एनेकपा माओवादी दलालहरुको झुण्ड भएको भएको आरोप लगाउँदै त्यस विरुद्ध मोर्चा वन्दी गरी आन्दोलनमा उत्रनु पर्ने बताएका छन् ।
काभ्रेको बनेपामा आज आयोजित कार्यक्रममा बोल्दै महासचिव थापाले भने, ‘पुष्पकमल दाहालले नेतृत्व गरेको एनेकपा माओवादी दलालहरुको झुण्ड हा, त्यस विरुद्धमा राष्ट्रवादी, वामपन्थी र लोकतन्त्रवादी मिलेर मोर्चाबन्दी गरिनु पर्छ ।’
‘उनीहरु हामीलाई फुटेको भन्छन् तर, हामी फुटेका होइनौ’ थापाले भने, ‘उनीहरू फुटेका हुन्, हामी पुरानै माओवादीमा छौं ।’
महासचिव थापाले दलाल र भष्ट्र सरकारको अधिनमा कुनै निर्वाचन र निकास निस्कन नसक्ने ठोकुवा गरे । ‘निर्वाचनको घोषणा नौटङकी मात्रै हो,’ उनले भने,  ‘दलाल र भष्ट्र सरकारले गरेको निर्वाचन ज्ञानेन्द्रले गराएको जस्तो निर्वाचन मात्रै हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार