तीन छेस्का

सुक्सुकाउदै भक्कानिएको स्वर आएको बेला सम्झदैछु आज रुदैरुदै मलाई रुवाएको बेला
२७ जेष्ठ २०७७, मंगलवार २३:२१ मा प्रकाशित

सुक्सुकाउदै भक्कानिएको स्वर आएको बेला
सम्झदैछु आज रुदैरुदै मलाई रुवाएको बेला
कति मिठो पल थियो अङ्गालोको हार लाउँदा
उन्मत्त ती अधर यी अधरमा छुवाएको बेला

SSSSSSSSSSSSSSS
सपना देख्नु पर्छ तर सपनामा बरालिनु हुन्न भन्छन् ।
असम्भव हुन्न कुनै कुरा संसारमा अतालिनु हुन्न भन्छन्।।
सम्हालेर अघिबढे जीवनमा सफलता नमिल्ने कहाँ छर?
क्षणिक प्राप्ती र सुखसयल मिल्दैमा मात्तिनु हुन्न भन्छन्।।

SSSSSSSSSSSSSSSSSSSSSSSSSSSS
फाटेको छैन मन तिम्रो मायाले झन बलियो भएकोछ।
जिउने चाहाना प्रवल उत्साह अझै बलियो भएको छ ।।
जेनतेन त दुनियाँमा जोसुकै’नि बाँचेकै छन्,बाँच्छन पनि।
पिएर प्रेमअमृत प्याला,शिखर चुम्ने रहर बलियो भएको छ।।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो