विमानस्थल बन्न नदिने षड्यन्त्रविरुद्ध आज पोखरा बन्द

३ भाद्र २०६९, आईतवार १०:०६ मा प्रकाशित

काठमाडौं, ३ भदौ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन दबाब दिंदै आएका स्थानीय सरोकारवालाले पोखरा बजार बन्द गराएका छन्। पोखरा विमानस्थल निर्माण सरोकार समितिको अगुवाईमा आज बजार बन्दको आव्हान गरिएको बताइएको छ ।
नीजि तथा सार्वजनिक सवारी निर्वाध संचालन भइरहे पनि पोखराका बजार, कलकारखाना, उद्योग, शिक्षण संस्था ठप्प छन्। आयोजकले बजार बन्द गरेर विमानस्थल निर्माणको पक्षमा जनदवाव श्रृजना गर्न आज दिउँसो पोखरामा भण्डाफोर सभासमेत गर्ने भएको छ । भण्डाफोर कार्यक्रमलाई भव्य र सशक्त बनाउन बजार बन्दको आव्हान गरिएको सरोकार समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमोहन श्रेष्ठले बताए।
सरोकार समितिले भण्डाफोर कार्यक्रमलाई भव्य बनाउन पोखरा नगरका अलावा गाउंगाउंबाट समेत सर्वसाधारलाई पोखरा उतार्ने तयारी गरेको र यातायात व्यवसायीले भण्डाफोर कार्यक्रममा सहभागि हुन आउने गाउंलेका लागि भाडादरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सरोकार समितिले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

आजको प्रमुख समाचार