यो वर्ष विद्युतको हाहाकार हुने सङ्केत

३ भाद्र २०६९, आईतवार ०९:५९ मा प्रकाशित

काठमाडौं, ३ भदौ । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमै लोडसेडिङको समय बढाएको छ । भारतबाट आउने बिजुली आधा कटौती भएको भन्दै लोडसेडिङको नयां तालिका ल्याउने तयारीमा प्राधिकरण रहेको बुझिएको छ । पूर्वाञ्चल भारतबाट ल्याएर मेची र कोसी अञ्चलमा विद्युत आपूर्ति हुंदै आएकोमा यतिबेला आधा कटौती भएको बताइन्छ । प्राधिकरणका अनुसार ६५ मेगावाट बिजुली भारतबाट आयात भइरहेकोमा अहिले ३० मेगावाटमा सीमित भएकाले लोडसेडिङ तालिका प्रभावित भएको छ ।
गत वर्ष यो समयमा दैनिक दुई घन्टामात्र लोडसेडिङ थियो तर यसपटक बिहान र बेलुकी गरी पांच घन्टाबाट घटेको छैन । अब लोडसेडिङको समय यसभन्दा नघट्ने बरु गत वर्षको भन्दा माग बढेकोले लोडसेडिङ क्रमशः बढ्दै जाने संकेत प्राधिकरणले गरेको हो । कलकारखाना स्थापना नभए पनि घरायसी प्रयोगकै लागि हरेक वर्ष एक सय मेगावाटका दरले बिजुलीको माग बढ्ने तर उत्पादन क्षमता भने गएको एक वर्षमा सात मेगावाट मात्र थपिएको छ । यसपाली कुलेखानीको जलाशय पनि नभरिएकोले समसया चर्किने अवस्था देखापरेको प्राधिकरण श्रोतको कथन छ । अहिले नै वैकल्पिक उपायहरु अवलम्वनको तयारी नगरे यो वर्ष विद्युतको हाहाकार हुने स्रोतले जनायो ।
तथापि, प्राधिकरणले यो वर्ष लोडसेडिङलाई बढीमा १६ घन्टामा सिमीत गर्नेगरी उपायको खोजी गरिरहेको दाबी पनि गरिएको छ । दुहबी र हेटौंडामा रहेका मल्टिफ्युल प्लान्टहरु सञ्चालन गर्ने, भारतबाट अहिलेभन्दा बढी बिजुली ल्याउन पूर्वाधार निर्माण गर्ने, उद्योगीहरुसंग भएको जेनेरेटरबाट उत्पादन भएको बिजुली किन्ने लगायतका उपायहरु खोजी भइरहेको बताइन्छ । तर, सरकार समयमै आयोजनाहरु सम्पन्न गर्ने भन्दा पनि विभिन्न विवादमा तानिंदै आएकोले लक्षित उद्देश्य पूर्ति हुनेमा भने सम्बन्धित विज्ञहरुले आशंका गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल