तिमी मेरो हुन सकेनौ (प्रेम कथा)

२६ जेष्ठ २०७७, सोमबार १३:५१ मा प्रकाशित

सानु शाही ठकुरी, बर्दिबास, महोत्तरी ।

धेरै भयो आजकाल त तिम्रो सपना पनि देख्न छोडे।खै किन हो आजभोलि त तिमी हुँदा भन्दा नहुदा नै मलाई थोरै भए पनि शान्ति मिलेको आभाष हुन्छ सानू । तिमीलाई मैले नचाहेको त पक्कै होइन तर सबै चाहाना पूरा हुनुपर्छ भन्ने पनि कहाँ छ र ? कतिपय कुराहरू पाउदा जति आनन्द मिल्छ नि त्यो भन्दा बढी आनन्द गुमाउँदा हुनेरैछ । त्यो त यदि तिमीले पनि मलाई चाहेको थियौ भने तिमीलाई पनि आभाष भयो होला । तर म यसमा यति धेरै अपेक्षा पनि राख्दैन ।मैले चाहे भन्ने बित्तिकै तिमीले पनि मलाई मैले जतिनै चाहनु पर्छ भन्ने छैन ।जबर्जस्ती खाएको खाना र जबर्जस्ति लाएको माया उस्तै हो सानू।जबर्जस्ति खाएको खानाले अपच हुन्छ अनि जबर्जस्ति लाएको मायाले मुटु जल्छ।खानेले अपच भएको त सबैले देख्छन् कि त यसले पेस दुखाउछ कि त पखाला चलाउछ तर सानू मुटु जलेको कस्ले देख्छ र ?

हो म तिमीलाई मनदेखि चाहन्थे तर आफुलाई चाहिएको वस्तु सबैले पाउने रुनु कस्ले पर्थ्यो र ? अनि आँसु भन्ने वस्तु सबै प्राणिमा किन बन्थ्यो होला र ? मान्छेको मात्रै हैन मन त सबैको हुन्छ कुन चाहिँ जीवको मन छैन होला र ? पीर पखाल्ने ओखती भएर होला आँसु आखाको भित्र लुकेर बसेको हुन्छ । आँसु लुकाउने वस्तु भएर होला यसलाई लुकाएर राखिएको । त्यसैले सानू मैले पनि तिम्रो अगाडि आँसु लुकाएरै हासे । तिमीलाई खुसी मिल्छ भने म अझै पनि आँसु लुकाएरै हास्ने छु । हुन त आजकाल तिम्रो सन्चो बिसन्चो के छ सुन्ने मौका पनि मिलेको छैन । मलाई पुर्ण विश्वास छ सायद राम्रै छौ होला । किनकि तिम्रो खुसीको लागि मैले मेरो खुसी बलिदान दिएको छु । तिम्रो अतित सम्झेर म खुसी हुनेछु । तिमी भन्थेउ तिमी बिना म रित्तो हुनेछु।तिम्रो हरेक पाइलामा साथ दिनेछु । तिम्रो खुसी मेरो खुसी अनि तिम्रो दुख मेरो दुख । म हरेक रात सुत्ने बेलामा यिनै तिम्रा भनाइलाई पोको पारी बनाएको सिरानीमा सुत्छु । तिम्रो स्मृतिमा बगेको आसुको चुस्की लगाएर तिर्खा मेट्छु । त्यसैले होला मलाई कतिपनि तिम्रो अभाव महसुस भएको छैन ।

तिमी भन्ने गर्थौ ‘कालू एक जुनी त के हजार जुनी तिम्रै काखमा बिताउन पाउ ।’ वा कति गहकिला थिए तिम्रा भनाइ । जसलाई म तिम्रो मायामा मदहोस भएकीले के तौलन सक्थे र ? मायामा सबथोक राम्रो लाग्छ प्रत्येक शब्दमा बान्की परेका बेमौसमी फुलको सौन्दर्य सजिन्छ्न । लाग्छ जीवन नै मायामय भैरहेको छ । माया नै जीवनको सबथोक हो यसैले नै मानव जीवन सुन्दर बनाएको हो।मानव भएर जन्म लिएपछि कसैको मायामा हराउनु नै जीवनको सार्थकता हो । तर यि सब बेकार रैछन । मान्छेलाई अन्धभक्त बनाउने, कसैको जीवन तहसनहस बनाउने, बेसुरा बनाउने सबैभन्दा मै ठुलो हु भनेर घमण्ड दिमागमा भराउने वस्तु रैछ माया । जुन दिनदेखि तिमीबाट अलग छु त्यो दिनदेखि म मानव जीवनको सार खोज्दै छु । कहिलेकाही त लाग्छ जीवनको सार्थकता खोज्दा खोज्दै आफै दार्शनिक पो बन्ने हो कि ? ‘नमरी स्वर्ग देखिदैन’ भन्ने भनाइ अहिले मैले आफ्नो जीवनमा लागू गरेको छु । म आफैंले भोगेर जीवन जीउन जानेको छु । तिमी मेरो गुरु हौ कालू । तिमीले नै मलाई जीवनको पाठ सिकायौ । जसमा तिमीलाई लाखौं लाख धन्यवाद दिए पनि कमै हुन्छ होला ।

जीवनको पहिलो गुरु मेरा बा आमाले मलाई यो घर्तीमा जन्म दिई मान्छे भै बाच्न र संघर्ष गर्न सिकाउनु भयो । त्यसपछि स्कुल र कलेजले मलाई पढ्न, लेख्न सिकायो अनि डिग्रीको प्रमाणपत्रका दिलायो अनि तिमीले यी भन्दा फरक जीवनको अनुभुति दिलायौ जुन घर परिवार र विश्व विद्यालयमा सिक्न सकिदैन । हो यो अर्थमा एउटा शिक्षक र शिक्षण संस्था भन्दा पनि माथि छौ । तिमी भुल्न चाहेर भुल्न सकिने वस्तु त हुँदै हैनौ । एक्लै भएर पनि सङ्गै हुने खुसी दिएर पनि आँसु झार्ने अचुक ओखती हौ । तिमी बस जहाँ छौ त्यहीँ खुसी र खुसी भएर बस कालू।मैले जस्तै तिमीले पनि मलाई सम्झनु पर्छ र भुल्नु पर्छ भन्ने छैन तिम्रो मनको मर्जी तिमी आफै हौ जसरी बाच्न मन छ त्यसरी तिमी बाच्न सक्छौ यसमा कसैले हस्तक्षेप गर्ने हिम्मत पक्कै कसैले गर्न सक्दैन । म पनि मेरो मनको म आफै रानी हु । तिम्रो मनको रानी हुने रहर त मैले नगरेको कहाँ हो र ? तर तिम्रो मनको रानी हुन नसकेकोमा कुनै गुनासो छैन ।तिम्रो मनको रानी यदि म भएको भए म त मेरो लागि खरानी मात्रै हुन्थे । तिम्रो, तिम्रो परिवारको, समाजको, इष्ट मित्रको लागि जल्दाजल्दा मेरो अस्तित्व हराउथ्यो । केवल म तिम्रो अर्धाङ्गिनी मात्रै हुन्थे । तर म यो सब हुनबाट बचे यसको श्रय पनि तिमीलाई नै सुम्पेको छु ।

म स्वार्थमा बाच्ने अनि फेरि कसैको दबाबमा नाच्ने पनि कदापि होइन । मैले तिम्रो मन दुखाउनु जमर्को पनि गरेको हैन । केवल केही तिमीसँग बिताएका पलहरुको स्मृति मात्रै गरेको हु कालू । तिमी चाहे जे सुकै सोच मलाई कुनै गुनासो हुनेछैन । म त पिरमा पिरती गास्न सक्छु अभाव र दुःखमा पनि बाच्न सक्छु । बिछोड र वेदना मेरा आत्मीय मित्र हुन म यिनैलाई साथी बनाइ बाच्न बानी परेको छु । तिमी पनि मैले जस्तै बाच भन्न खोजेको पटक्कै होइन कालू । तिमी जसरी चाहन्छो त्यसरी बाच । जीवनको यात्रामा भेटिएका छोटो समयका यात्री थियौ हामी गन्तव्यमा पुगेपछि छुट्टीएर आफ्नो आफ्नो बाटो समात्यौ । तिम्रो एउटा कुराले मलाई अझै पनि झस्काउछ ‘हामी दुइको प्रेम कथा इतिहासको पानामा लेखाउनुपर्छ ।’ इतिहासको पानामा त लेखाउन सकेनौ कालू तर मैले मेरो मनको पानामा लेखाएको छु । तर तिमीले पनि लेखाउनै पर्छ भन्ने छैन । अहिले पनि म यी तिम्रा प्रत्येक शब्दका अक्षर अक्षरमा डुबुल्की मार्दै बाकी जीवन बिताउदै छु । यति मिठो याद दिलमा खोपियो कि जुन कुनै पनि रसायनले मेटाउन सक्दैन । जुठो भाडा माझ्ने, कुनै पनि वस्तुमा लागेको दाग हटाने धेरै साबुन बजारमा पाइन्छ तर अहिलेसम्म कुनैपनि वेैज्ञानिकले मन माझ्ने र मायाको दाग मेट्ने साबुन बनाएको छैन । यसमा खुसी नै मान्नुपर्छ कालू किनकि तिम्रो माया मेट्ने वस्तु यदि भएको भए म त रित्तो केवल हाडछाला र रगतको थुप्रो मात्रै हुन्थे होला ।

तिमी मेरो हुन नसके पनि कसैको त पक्कै हुन्छौ होला । मैले जस्तै मलाई मनभरी राखेर अरु कसैलाई सजाएर राखेको छैनौ त होला नि, जे होस् तिम्रा यादहरु जम्मै संगालेर राखेकी छु मैले ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो