गजुरेलले गरे बेग्लै खुलासा

३ भाद्र २०६९, आईतवार ०९:५१ मा प्रकाशित

काठमाडौं, ३ भदौ । नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले मुलुकको विद्यमान समस्या समधान गोलमेचसभाबाट मात्र निस्कने बताएका छन् । यदि गोलमेचसभा मानिएन भने आफूहरु अर्को क्रान्तिमा होमिने उद्घोष उनले गरे । नेकपा–माओवादीका उपाध्यक्ष गजुरेलले शनिबार राजधानीमा सुरु भएको अखिल नेपाल शिक्षक संगठनको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
माओवादी नेता गजुरेलले प्रमुख तीन दलका तीन नेता र प्रधानमन्त्री बाबुराम भट्टराईको कारण संविधानसभा विघटन भएको उल्लेख गर्दै भने– ‘हामी सर्वपक्षीय सम्मेलनको पक्षमा छौं तर गोलमेच सम्मेलनका निम्ति प्रचण्ड, सुशील, झलनाथ कोही पनि तयार रहेनन्, यो नमानिए देश असफल राष्ट्र बन्छ ।’ बढीमा छ महिनाभित्र सभा भइसक्नुपर्ने समेत गजुरेलले प्रस्ट्याए । तेस्रो जनआन्दोलनको तयारीमा आफूहरु जुटेको खुलासा गर्दै उनले ‘यस्तै हो भने अब प्रचण्डहरु जंगल गए हुन्छ हामी त केन्द्र कब्जा गर्दैछौं’ समेत भन्न भ्याए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्माण गरेको मोर्चालाई राष्ट्रघात गर्न निर्माण गरिएको एक हतियारको संज्ञा दिंदै माओवादी उपाध्यक्ष गजुरेलले यो मोर्चा प्रचण्डको प्रधानमन्त्री बन्ने अतृप्त आकाङ्क्षाका कारण निर्माण भएको ठोकुवा गरे र भने– ‘तर मोर्चाले प्रचण्डलाई प्रधानमन्त्री त बनाउला–नबनाउला राष्ट्रघातमा भने पक्कै योगदान पुर्याउने भएकोले यसप्रति समयमै सबै नेपाली सचेत हुनु जरुरी छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको