प्रचण्ड निकृष्ट तहमा ओर्लिए : विश्लेषकहरु

२ भाद्र २०६९, शनिबार २१:५० मा प्रकाशित

काठमाडौं, २ भदौ । विपक्षी दलहरु सहमतिमा नआए बाबुराम भट्टराईको सरकार बीस वर्ष पनि चलिरहने धम्की एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिएका छन् । संविधानसभामा सहमति हुन बांकी रहेका विषयहरुमा दलहरुको बीचमा सहमति गरी केही दिनका लागि संविधानसभा ब्युंताएर संविधान जारी गर्न सकिने उनको भनाई छ । त्यसपछि चाहिं संसदको चुनाव गर्नुपर्ने सुझाव प्रचण्डले दिए ।
सहमतिका लागि अरु सबै दलका नेता सहमत भए पनि कांग्रेसका सभापति सुशील कोइरालाले भांडभैलो मच्चाएको उनको आरोप थियो । संविधानसभाको विघटन, संविधान नलेखिनु र शान्तिप्रक्रिया अलपत्र पर्नुको सबै दोष प्रचण्डले कोइरालामाथि नै लगाएका छन् । मोहन वैद्यसंग गोप्य भेटघाट गरेर आफ्नो पार्टी नै फुटाइदिएको आक्षेपसमेत प्रचण्डले लगाए । यसरी निकृष्ट तहमा ओर्लिएर प्रचण्डद्वारा कांग्रेस सभापतिमाथि लगाईएको गम्भीर आरोपलाई विश्लेषकहरुले प्रचण्डको हतास मानसिकताको उपज बताएका छन् ।
यसैगरी प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस र एमालेले रोइकराई गर्दैमा सत्ता परिवर्तन नहुने अभिव्यक्ति दिएका छन् । गोर्खा–काठमाडौं समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टीले सरकारको मोर्चाबाट संघर्ष गरेको बताए । आफूले सरकारको नेतृत्व गरेपनि एकलौटी हिसाबले सत्ता चलाउन नपाएकोले जनआकांक्षा अनुरुपको काम गर्न नपाएको उनको कथन थियो । कांग्रेस र एमालेलाई परिवर्तनको वाधक भनी आरोपित गर्न भट्टराईले पनि बांकी राखेनन् । पार्टी फुटबारे बोल्दै उनले केही व्यक्ति चोइटिएर जांदैमा केही फरक नपर्ने र अनेक हण्डर–ठक्कर खाएपछि पार्टी छोडेर जानेहरु फेरि पार्टीमै फर्किने भविष्यवाणी उनले गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको