एमाले फुटाउन प्रधानमन्त्री भट्टराई सक्रिय रहेको नेपालको आरोप, भट्टराई सरकार जातिवादी र विखण्डनकारीको गठबन्धन : खनाल

२ भाद्र २०६९, शनिबार २१:४७ मा प्रकाशित

काठमाडौं, २ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टराईले एमालेका असन्तुष्ट नेताहरुलाई बालुवाटार बोलाएर एमाले पार्टी फुटाउने षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ । शनिबार ललितपुरमा आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी फुटाउने माओवादीको चालप्रति सजग रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहांले प्रधानमन्त्री भट्टराईको औचित्य समाप्त भएको टिप्पणी गर्दै वर्षायाम सकिएपछि सडक आन्दोलन थाल्ने चेतावनी पनि दिनुभयो ।
यस्तै, एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री भट्टराईलाई अख्तियारको दुरुपयोग गरेको आरोपमा कारबाही गर्नुपर्ने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष खनालले सरकारले घोषणा गरेको निर्वाचनको मिति असंवैधानिक रहेको भन्दै सार्वजनिक पदमा रहेर अख्तियारको दुरुपयोग गरेको आरोपमा प्रधानमन्त्री भट्टराईलाई कारबाही गर्नुपर्ने बताउनुभएको हो । आफैले घोषणा गरेको निर्वाचन गराउन नसक्ने प्रधानमन्त्रीले नैतिकता छ भने खुरुक्क पद छोड्नुपर्ने उहांको तर्क थियो । माओवादी नेताहरुमा अति सत्तालिप्साको प्रवृत्ति देखिएको भन्दै सहमतिका लागि प्रधानमन्त्रीले पद त्याग्नुपर्नेमा खनालको विषेश जोड थियो । वर्तमान सरकार जातिवादी र विखण्डनवादीको गठबन्धन हो भन्ने संज्ञा अध्यक्ष खनालले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्