शुक्रबारबाट विदेशमा अलपत्र नेपालीको उद्दार सुरु हुँदै

२२ जेष्ठ २०७७, बिहीबार १४:४६ मा प्रकाशित

काठमाडौँ, २२ जेठ । कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीको उद्धार शुक्रबार (भोली देखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट शुक्रबार २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज काठमाडौं आउनेछ ।

बर्मामा कार्यरत नेपालीहरू अलपत्र परेपछि नेपालको अनुरोधमा बर्माले आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । फर्किने बेला सो विमानले काठमाडौंमा रहेका बर्मेली नागरिक लिएर जानेछ ।

शुक्रबारै संयुक्त अरब इमिरेट्सबाट चार्टर्ड विमान २१० जना नेपाली लिएर काठमाडौं आउने छ ।

विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसुन्धरास्थित यति पार्टी प्यालेसमा लैजानेछन् । सरकारले बनाएको उक्त होल्डिङ केन्द्रमा उनीहरूको स्वास्थ्य परीक्षण हुनेछ र नेपाल टेलिकमले निःशुल्क सिमकार्ड समेत दिनेछ । त्यसपछि महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउनेछन् । ती व्यक्ति सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल