विदेशमा रहेका नागरिक फर्काउन प्राथमिकता निर्धारण, को को पाउँछन् फर्किन ?

२० जेष्ठ २०७७, मंगलवार १०:१९ मा प्रकाशित

काठमाडौँ, २० जेठ । सरकारले विशमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्राथमिकता तय गरेको छ । भारत बाहेकका देशहरुबाट नागरिकहरु फर्काउनका लागि विभिन्न १५ वटा प्राथमिकता निर्धारण गरेको हो ।

जस अनुसार पहिलो प्राथमिकता सजायबाट आममाफी पाएका श्रमिकलाई हुने छ भने दोस्रोमा डिटेनसन् सेन्टरमा रही नेपाल आउन अनुमति पाएकाहरु पर्नेछन् ।

यस्ता छन् अन्य प्राथमिकताः

हवाईमार्गबाट आउने अनिवार्य रुपमा आफुलाई कोरोना नभएको प्रमाण पेश गर्नु पर्ने छ । उनीहरुले पीसीआर परिक्षण टेस्ट, आरडिटी परिक्षण, तथा अन्य परिक्षण देखाउन सक्ने छन् । हवाईमार्गबाट आएकाहरुलाई चक्रपथ भित्रका होल्डिंङ सेन्टरमा राखिने छ भने भारतबाट फर्केकाहरुलाई सीमा नजिकको उपयुक्त स्थानमा होल्डिंङ सेन्टरमा राखिने छ । भारतबाट आएकाहरुले होल्डिंङ सेन्टरसम्म पुग्ने यातायात खर्च र हवाईमार्गबाट आएकाहरुले नेपालसम्म आईपुग्न लागेको सम्पूर्ण खर्च आफै बेहोर्नु पर्नेछ । होल्डिंङ सेन्टरमा राखिएका र नेपाल फर्किएका सबैलाई सिम कार्ड प्रदान गरी अनुगमन गरिनेछ ।

सरकारले व्यवस्थापनको लागि नेपाली सेनालाई पनि खटाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौं । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।