डिभोर्स हुने नै भो निर्देशक र नायिकाको

२ भाद्र २०६९, शनिबार १९:५९ मा प्रकाशित

काठमाडौं । पटकपटक डिभोर्स भएको भनेर पनि मिल्दै आएका निर्देशक श्याम भट्टराई र नायिका रञ्जना शर्माको जोडी पुनः डिभोर्सको चरणमा पुगेको छ । यसको पुष्टि गर्दै निर्देशक भट्टराईले आफू नयाँ दुलहीको खोजीमा रहेको फिल्म नेपालसँग बताए ।

यो जोडीबीच थुप्रैपटक विछोड र मिलनको हल्ला चलेको थियो । भट्टराईकै आर्थिक रहयोगमा अमेरिका गएकी रञ्जना त्यहाँ सुशील भट्टराईसँग लिभिङ टुगेदरको सम्बन्धमा बस्न थालेको सुइँको पाएपछि भट्टराईले नयाँ साथीको खोजी गरेका हुन् ।

भट्टराई निकट एक निर्देशकका अनुसार रञ्जना र श्यामबीच फोनमा ठूलै झगडा समेत भएको थियो । त्यसपछि उनीहरुबीच बोलचाल बन्द भएको हो ।

उनीहरुको विवाह असार २०६३ मा भएको थियो । भट्टराईले नै रञ्जनालाई टेलिसिरियलदेखि फिल्मका मुख्य भूमिकामा ल्याएका थिए । महत्वकांक्षी रञ्जना श्रीमानबाहेकका निर्देशकको आँखामा नपरेपछि उनी निराश बनेकी थिइन् । ‘रञ्जनामा एक नम्बर हिरोइनी बन्ने आकांक्षा थियो,’ एकजना निर्देशक भन्छन्, ‘तर कसैको नजरमा परिनन् ।’ निराश बनेरै रञ्जना अमेरिका भासिएकी थिइन् ।

अब आफूले फिल्मी क्षत्रका व्यक्तिसँग विवाह नगर्ने भट्टराईले बताए । ‘लंका’ सिनेमा रिलिज लगत्तै विहे गर्ने पनि उनले बताए । जसअनुसार उनको विवाह संभवतः मंसिरका हुने छ । फिल्मी क्षेत्र ग्ल्यामरस भएकाले श्रीमान श्रीमतिबीच लुकाउनुपर्ने कुरा समेत खुल्ला हुने हुँदा एकै क्षेत्रका दम्पतिको वैवाहिक जीवन कमै मात्र सफल हुने गरेको निर्देशक सुरेश दर्पण पोखरेलको विश्लषण छ ।

Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक