हतियारसहित एक ओभरसियर र तमलोपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा

२ भाद्र २०६९, शनिबार १९:०८ मा प्रकाशित

बाँके, २ भदौ । मध्यपश्चिम क्षेत्रीय सिंचाई डिभिजन कार्यालय बाँकेमा कार्यरत ओभरसियरलाई हतियार सहित पक्राउ गरेको छ । नेपालगंज नगरपालिका–१७ स्थित सिंचाईको डिभिजन कार्यालयमा कार्यरत ओभरसियर दिनेशकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आपराधिक कार्यमा संलग्न उनलाई आवश्यक कारबाही प्रक्रिया सुरु गरिएको  छ ।
सिरहा जिल्ला ब्रहवनगोरखोरी–९ घर भएका ओभरसियर सिंहलाई प्रहरीले हिजो बेलुका नियन्त्रणमा लिएको हो । कार्यालय परिसरमा रहेको ओभरसियर सिंहको क्वार्टरमा जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले खानतलासी गर्दा मेड ईन ईटाली लेखेको पेस्तोल एक १ थान बरामद गरेको थियो ।
त्यसैगरी कोठाबाट गोली १ थान, कटुवा पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, सुनको बालाजस्तो देखिने बस्तु १ थान, औंठी १ थान, मंगलसुत्र १ थान, चेक र अन्य कागजातहरु समेत फेला पारेको प्रहरीले जनाएको छ ।
उता, बर्दियाको देउडाकला–८ बस्ने ३५ वर्षीय क्षेत्रपाल यादवलाई प्रहरीले कटुवा पेस्तोल सहित पक्राउ गरेको छ ।
छोट्की देउडामा हिंडिरहेका यादवलाई आज खानतलासी गर्दा हतियार फेला परेको प्रहरी भनाई छ ।
पक्राउ परेका यादवसँग मधेसी जनअधिकार फोरम नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टीको सदस्यतापत्र समेत बरामद भएको छ । उनी पनि विभिन्न आपराधिक कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला