अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुर्याउँने निता र जीवनप्रकाश सम्मानित

२ भाद्र २०६९, शनिबार १८:५५ मा प्रकाशित

पुष्प बरुवाल, नेदरल्यान्डस । नेपाली कला र संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धनका लागि निरन्तर लाग्नुहुने निता श्रेष्ठ र जीवनप्रकाश श्रेष्ठलाई एक कार्यक्रम गरी सम्मान गरिएको छ ।

नेपाली कला र संस्कृतिलाई विश्वस्तरमा प्रवर्द्धनका लागि निरन्तर लाग्नुहुने अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेसाज) International Nepalese Artists Society (INAS) कि संरक्षिका निता श्रेष्ठ र फ्रान्स स्थित नेपाली दूतावासका मिनिष्टर काउन्सेलर जीवनप्रकास श्रेष्ठलाई फ्रान्समा एक कार्यक्रममा सम्मान गरिएको छ ।

नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी नेपाली मौलिकतालाई विश्वसामू परिचित गराउने कार्यमा उहाँहरुले पुर्‍याउनु भएको योगदानको कदर स्वरुप नेपाली एकता समाज फ्रान्सले आफ्नो वार्षिकोत्सवको अबसरमा उहाँहरुलाई कदर-पत्रसहित सम्मान गरेको हो । निता श्रेष्ठले गत अप्रिल १५ मा नेपाली एकता समाज फ्रान्सको प्रमूख आयोजनामा फ्रान्सको पेरिसमा आयोजित युरोपस्तरीय नेपाली नृत्य प्रतियोगिता-२०१२ भव्यरुपमा सफल पार्न प्रमूख कार्यक्रम संयोजकको हैसीयतले निकै ठुलो भूमिका निर्वाह गर्नुभएको थियो भने मिनिष्टर काउन्सेलर जीवनप्रकाश श्रेष्ठले उक्त कार्यक्रम घोषणा भएदेखि नै व्यक्तिगतरुपमा अहोरात्र खटेर कार्यक्रम सफल बनाउन ठुलो भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली कला र संस्कृतिको प्रबर्द्धनको लागि श्रीमती नीता श्रेष्ठले फ्रान्समा रहेका सबै नेपाली संघसस्थाहरू र फ्रेन्च संघ संस्थाहरुलाई सहयोग गर्दै आउनुभएको छ । नेपालीहरुका साथै विदेशीहरुलाई समेत उहाँले नेपाली संस्कृति झल्कने मौलिक तथा परम्परागत नेपाली नृत्य सिकाएर नेपालको पर्यटन प्रवर्द्धन गर्ने कार्यमा समेत उल्लेख्य सहयोग पुर्‍याउदै आउनुभएको कुरा गत वर्ष फ्रान्सको दोस्रो ठुलो शहर लियोमा गरिएको कार्यक्रमलाई लिनसकिन्छ ।

संस्थाको वार्षिकोत्सव कार्यक्रमको अबसरमा उक्त नृत्य प्रतियोगिताको प्रमूख आयोजक संस्थासमेत रहेको नेपाली एकता समाज फ्रान्सले सो प्रतियोगितामा भएको आर्थिक आय-व्ययको विवरण समेत प्रस्तुत गरेको छ । उक्त संस्थाका तर्फबाट हामीलाई प्राप्त जानकारीअनुसार फ्रान्स, नेदरल्यान्डस्, बेल्जियम, जर्मनी,डेनमार्क लगायत बिभिन्न देशबाट आर्थिक सहयोगहरु प्राप्त भएका थिए । जसमा फ्रान्सका बिभिन्न व्यक्तित्व तथा व्यवसायिक तथा अन्य संस्थाहरुबाट युरो २६६१ (दूई हजार छ सय एकसठ्ठी) प्राप्त भएको थियो भने नेदरल्यान्डस, बेल्जियम, जर्मनी लगायतका अन्य देशहरुबाट युरो १९५० सहयोग प्राप्त भएको जनाइएको छ भने टिकट बिक्रीबाट युरो ४५९० (युरो चार हजार पाँच सय नब्बे) गरी जम्मा ९२०१ (युरो नौ हजार दूई सय एक) संकलन भएको हामीलाई प्रेषित जानकारीमा उल्लेख गरिएको छ । त्यस्तै खर्चतर्फ खाना, टिकट, ब्यानर लागयातका अन्य मसलन्द छपाई, पुरस्कार, सुरक्षा प्रवन्ध लगायतका बिषयहरुमा युरो ६६७४ (छ हजार छ सय चौरहत्तर) खर्च भएको र उक्त खर्च कटाई बाँकी रहन आएको रकम युरो २५२७ संस्थाले संस्थाको कल्याणकारी कोषमा जम्मा गरिएको जानकारी संस्थाका निवर्तमान अध्यक्ष श्री तप्त भण्डारी र उक्त कार्यक्रमका प्रमूख संयोजक श्री निता श्रेष्ठले हामीलाई गराउनुभएको छ । गराउनु भएको छ ।

उक्त आम्दानीमा एनआरएन बेल्जियमबाट युरो ७००, एनआरएन जर्मनीबाट युरो ५००, मोना बेल्जियमबाट युरो ३००, राष्ट्रिय एकता नेपाल, नेदरल्याण्ड्सबाट युरो ३००, नेपाल प्रबर्द्धन कार्यदलका सदस्य डेनमार्क एनआरएन आइसिसि सदस्य श्री सोम सापकोटाबाट युरो १०० र नेपाल प्रबर्द्धन कार्यदलका सदस्य लक्जेम्बर्ग एनआरएन आइसिसि सदस्य श्री रमेश त्वयनाबाट युरो ५० प्राप्त भएको थियो भने फ्रान्सका बरिष्ट सितारबादक श्री नरेन्द्र बाटाजु तथा बिद्या बाटाजूबाट युरो ५००, लालकिल्ला रेष्टुरांका श्री कमल अधिकारीबाट युरो ४११, नेपाली सांस्कृतिक गृह फ्रान्सबाट युरो ४००, Le Jardin d’Himalaya र Le Chemin d’Himalaya का मेनेजर श्री रविन ओलीबाट युरो ४००, www.himalayadiscount.com का श्री बिनोद ओझाबाट युरो २००, जीवन गुरुङ र चन्द्र गुरुङबाट युरो २००, रेष्टुरां मों एभरेष्टका अशोक खांदबाट युरो १००, श्री गणेश रेष्टुरां का घनश्याम पौडेलबाट युरो १००, रेष्टुरां Saveurs d’Himalaya का सुमन कार्कीबाट युरो १००, काठमाण्डौं रेष्टुरांबाट युरो १००, हिमालयन रेष्टुरांबाट युरो १००, HDJ Texi का मेनेजर Mr. Dalson बाट युरो १०० र एभरेष्ट एशोशियसनका संरक्षक श्री पेम्बा शेर्पालबाट युरो ५० गरी जम्मा २७६१, टिकट बिक्रि (थान ३०६) बाट युरो ४५९० रकम प्राप्त भएको जनाइएको छ ।

त्यस्तै खर्चतर्फ बिजेतालाई पुरस्कार युरो १६५० (प्रथम, दोश्रो, तेश्रो र सान्त्वनालाई क्रमश ७००, ५००, ३०० र १५०), कार्यक्रम-हल खर्च १६५०, खाना खर्च बापत युरो ११८९, टिकट छपाइ, शिल्ड तयारी तथा ढुवानी र प्रमाणपत्र तयारीको लागि युरो ३४०, ब्यानर तथा स्वयमसेवक र अतिथिहरूको ब्याजको लागि युरो २३५, सुरक्षा गार्ड वापत युरो २८०, खाना खर्च युरो ११८९, खाना बनाउनेहरूलाइ खर्च युरो २८०, जर्मनमा हुने नृत्य प्रतियोगिताको लागि युरो ५००, पत्रकारलाई सहयोग वापत युरो ३०० र हलमा लाइट सेटिङ्ग गर्नेलाइ युरो २५० खर्च भएको शिर्षकगतरुपमा उल्लेख गरि जानकारी प्रदान गरिएको छ ।
नेपाली एकता समाज फ्रन्स एउटा स्थापित र परिचित संस्थाको रुपमा रहेको र यसले सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको कुरा हामीसँगको टेलिफोन वार्ताको क्रममा संस्थाका अध्यक्ष श्री सुक गुरुङ र निवर्तमान अध्यक्ष श्री तप्त भण्डारीले बताउनु भयो । उहाँहरुले नेपाली संस्कृतिको बिकास र कलाकारहरुको प्रतिभाको कदर सम्बन्धी कार्यको लागि यो संस्थाले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको र यसलाई संस्थाको एउटा कार्यपक्षको रुपमा राखी भविष्यमा समेत निरन्तरता दिइरहने जानकारी दिनुहुँदै श्री भण्डारीले संस्थाले अब २०१३ को अप्रिलमा अन्तराष्ट्रिय नेपाली कलाकार समाजले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा जर्मनीमा आयोजना गर्ने युरोपस्तरीय न्रित्य प्रतियोगितामा समेत सहयोग पुर्‍याउने बचन दिदै उहाले यसका लागि संस्थाले ५०० युरो छुट्याइसकेको जानकारी समेत गराउनु भएको छ । स्मरण रहोस, २०१३ सालको युरोप स्तरीय न्रित्य प्रतियोगिता र नेपाली फिल्मी अवार्ड (INAS Filmy Award) कार्यक्रम- २०१३ अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)International Nepalese Artists Society (INAS) र अन्य युरोपीयन संघ संस्थाहरुको समेत सहकार्यमा आगामी १३ अप्रिल २०१३ मा आयोजना हुने निर्णय भैसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र