
काठमाडौ, २ चैत । भारत सरकारले नेपालका विभिन्न दुई स्थानमा रेलमार्ग निर्माणका लागि २ अर्ब ३८ करोड भारतीय रुपैया विनियोजन गरेको छ । जयनगर–बिजलपुरा–बर्दीबास सम्मको ५९ किलोमिटर लामो रेलमार्ग र बिराटनगर जोगबनी रेलमार्गकाको लागि २ अर्ब ३८ करोड भारतीय रुपैया बिनियोजन गरिएको हो । आर्थिक संकटबाट गुज्रीरहेको भारतीय रेल सेवाको ८१ आंै बजेट पेस गर्दै भारतीय रेल मन्त्री दिनेश त्रिवेदीले नेपालका दुई स्थानमा रेलमार्ग निर्माणका लागि रकम छुट्ट्याइएको जानकारी बुधबार नै गराइसक्नु भएको छ । लामो समयदेखि नेपाल र भारतको सीमावर्ती क्षेत्रमा राजनीतिकर्मी र उद्योगी व्यवसायीहरुले रेलमार्गलाई विस्तार गरी ब्रोडगेज बनाउन भारत सरकारलाई आग्रह गर्दै आएका छन । भारतीय सीमामा रेल्वेको कार्य सुरु भइसकेपनि नेपाली क्षेत्रमा जग्गा अधिग्रहण लगायतका कार्यहरु हुन सकेको छैन । स्थानीय बासिन्दाहरुले सुकुम्बासीहरुको उठिबास लगाएर गरिने विकासको सर्मथन नगरिने बताउँदै आएका छन् । जग्गा अधिग्रहण र मूल स्टेशन निर्माणको स्थानबारे समेत अन्योल रहेको पाइएको छ । भारतले जग्गा अधिग्रहण लगायतको कार्यहरुलाई समयमै पुरा गर्न नेपाल सरकारलाई आगह्र गर्दै आएको छ भने नेपालले रेलमार्ग निर्माणकोे कार्यलाई अगाडी बढाउन छुट्टै रेल विभाग पनि बनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो