चार मुक्तक

चल्यो यो कस्तो समयमा विश्व महामारी ।
११ जेष्ठ २०७७, आईतवार १०:४७ मा प्रकाशित

चल्यो यो कस्तो समयमा विश्व महामारी ।
भयो संसारलाई थेग्नै नसक्ने संकट भारी।
चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति,
त्रसित छ्न,श्रमिकदेखि सम्मानिय अधिकारी।
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
जसले सृष्टि रच्यो सुन्दर अनि यो जगत बनायो ।
जिवात्माहरु बाँच्ने जुक्ति, धड्कन र रगत बनायो ।
वाउ ! जिन्दगी भनी उमंग साट्दै गर्दा आफन्तसंग,
लुट्यो प्रफुल्ल माहोल, तुफान ल्याई फगत बनायो ।
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
तिमी भयौभने साथमा जीवन यो रहर हुनेछ ।
अहँ अहँ ! भन्दानी साँच्चै बाँच्ने कहर हुनेछ ।
केवल तिम्रो उपस्थिती नै काफि छ मेरालागि,
भन्दैछ मन खुशी हेर्न आफ्नाहरुको लहर हुनेछ ।
ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
जिन्दगी सधैं जिन्दगी जस्तै भएन भने ।
आफ्नै आफन्त आफ्नो जस्तै भएन भने ।
बेकार भन्छन जीवन यहाँ आखिर किन ?
मन भित्रकै मान्छेले आफूलाई सहेन भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका