कतारमा खुल्ला गजल प्रतियोगीता भब्याताका साथ सम्पन्न

२ भाद्र २०६९, शनिबार १८:४७ मा प्रकाशित

भोला थापा क्षेत्री, कतार । सन्ध्या ग्रुप, मुग्लानी सौगात साहित्यिक पत्रिकाको आयोजनामा १४७ औं मोती जयन्ती समारोह तथा मुग्लानी सौगात साहित्य वाचन श्रृङखलाको प्रथम वार्षिक उत्सव तथा खुल्ला गजल प्रतियोगिता-२०६९ गत शुक्रवारका दिन दोहाको टपफ्रम रेष्टुरेण्टमा सन्ध्याग्रुप कतार अध्यक्ष तथा मुग्लानी सौगात संरक्षक थर्चा लामाको सभापतित्वमा भब्याताका साथ सम्पन्न भयो।

उक्त कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार अध्यक्ष हेमन्त परदेशी, बिशेष अतिथि एनआरएनए आइसिसिका निवर्तमान उपाध्यक्ष सागर नेपाल, नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतार अध्यक्ष तिर्थ संगम राई, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार का.व.अध्यक्ष प्रकाश आले मगर, बिशेष अतिथि नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष युगयोगी राई, सन्ध्याग्रुप कतार तथा मुग्लानी सौगात साहित्यिक पत्रिकाको संरक्षक बिष्णु के.सी. कवि तथा नियात्राकार जय छङ्छा, अनेसास कतार च्याप्टरका प्रमुख सल्लाहाका शिखर बैद्य, नवोदित साहित्यिक मोवाइल पुस्तकालयका संस्थापक अध्यक्ष छन्द कवि बद्रिप्रसाद पराजुलीरहेका थिए।

त्यस्तै गरि अतिथिहरु अनेसास कतार च्याप्टरका निवर्तामन अध्यक्ष दिपक भेटवल, सन्ध्याग्रुप अलखोर, कतारका संस्थापाक अध्यक्ष सुरज तामाङ, मोरङ्ग सुनसरी सेवा समाज गोकुल, नेपाल महिला समाज कतारका अध्यक्ष रेखा राई, अन्तर्राष्ट्रिय नेपाल कलाकार संघ अध्यक्ष डि एन मगर, नेपाल आप्रबासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङ, नेपाली जनप्रगतिशिल मञ्च महिला प्रमुख रोजिना बस्तोला, स्याङजा संम्पर्क मञ्च कतार अध्यक्ष भेषराज पराजुली, नवोदित साहित्यिक वाचनालय कतारका निवर्तमान अध्यक्ष नवराज बि.क., साहित्य अनुरागी पवित्रा खड्का रहेका थिए। साथै निर्णाक मण्डलीमा निर्णायक प्रमुख श्याम रानाभाट निर्णायक सदस्यहरु रबि रोषी भानु सुनुवाररहेका थिए।

कार्यक्रममा सभापति प्रमुख अतिथि, बिशेष अतिथिहरुबाट ब्यानर उद्घाटन, दीप प्रज्वलन, मोतीराम भट्टको तस्बिरमा माल्यर्पण, राष्ट्रिय गीत तथा शहिद प्रति १ मिनेत मौन धारण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो। कार्यक्रममा सन्ध्याग्रुप कतारका प्रमुख सल्लहाकार बिरेन्द्र कुमार याक्थुम्वाले स्वागत मन्तब्य, प्रेम सापकोटाले मोतीराम भट्टको जीवनी र साहित्य वाचन श्रृङखलाको कार्य पत्र कार्यक्रम संयोजक दिलिप “अविरल” ले प्रश्तुत गरेका थिए। कार्यक्रममा सन्ध्याग्रुप कतार तथा मुग्लानी सौगात साहित्यिक पत्रिकाले कतारका बरिष्ठ साहित्यकारहरु कवि तथा नियात्राकार जय छाङछा राई, कवि बद्री प्रसाद पराजुली, अनेसासका संस्थापक शिखर बैद्यलाई सम्मान गरिएको थियो। संस्थाका संरक्षक बिष्णु के.सी.तथा, संस्थापाक अध्यक्ष सुरज तामाङ र प्रमुख सल्लहाकार बिरेन्द्र कुमार याक्थुम्बा, सभापति थर्चा लामाबाट खादा र सम्मान्न पत्र हस्तन्त्रण गरे।

कार्यक्रममा मन्तब्य राख्नेहरुमा कवि तथा नियात्राकार जय छङ्छा राई, अनेसास, कतार च्याप्टरका संस्थापक प्रमुख सल्लाहाकार शिखर बैद्य, एनआरएनए आईसिसीका निवर्तमान उपाध्यक्ष सागर नेपाल, प्रमुख अतिथी अनेसास कतारका अध्यक्ष हेमन्त परदेशी, नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतार अध्यक्ष तिर्थ संगम राई, अनेसास, कतार च्याप्टरका निवर्तमान अध्यक्ष दिपक भेटवाल, संस्थाका संरक्षक बिष्णु के.सी., छन्द कवि बद्रिप्रसाद पराजुली, नवोदित बाचनलयका कार्यवाहक अध्यक्ष युग योगी राई, साहित्य अनुरागी पवित्रा खड्का, विषेश अतिथी प्रकाश आले मगर लगायतले आ-आफ्नो शैलीबाट शुभकामना मन्तब्य तथा मुगलानी सौगातलाई सफलताको कामना गरेका थिए।

को को थिए सहभागी?

खुल्ला गजल प्रतियोगीतामा सन्तोष सिटौला, राजु सुनुवार‘मुखिया’, लक्ष्मी श्रेष्ठ, टीका खड्का राष्ट्प्रेमी, उत्तम न्यौपाने, विजय फम्बो, विक्रम पालुङ्वा, नविन लोवा, ईश्वर शाहि , सिताराम थापा, सन्तोष प्यासी, दिप गाँउले, बेचैन महत्तो, विन्देश्वर ठाकुर, जगत राम बर्देवा, राजन पोख्रेल, अतृप्त कमल, मान बहादुर कार्की, सोम थापा, प्रकाश पौडेल ‘शिरिष’, नबराज नवोदित, रुमन पिडा, गोबिन घायल, शम्भु कार्की, महमद सकुर, ज्ञानेन्द्र अंगाई, रमेश दर्नाल, लक्ष्मी श्रष्ठ, नवराज भुजेल, सुजित नगरकोटी, प्रविन राई, विष्णु भक्त केसी लगायतले सहभागिता जनाएका थिए।

सबैलाई पछि पार्दै दोलखाका राजु सुनुवारले प्रथम हुन सफल भई नेरु ७०००÷ (सात हजार) र प्रमाण पत्र , धनकुटाका नबराज नवोदित दृतिय स्थान हासिल गरि नेरु ५०००÷पाचा हजार) र प्रमाण पत्र, बुटवलका अतृप्त कमलले तृतीय स्थान हासिल गरि नेरु ३०००÷ तिन हजार) र प्रमाण पत्र, तनहु“का सोम थापाले सान्त्वना स्थान हासिल गरि नेरु १००० –एक हजार) र प्रमाण पत्र प्राप्त गरेका थिए। प्रथम हुनेलाई कार्यक्रमका प्रमुख अतिथी अनेसास कतारका अध्यक्ष हेमन्त परदेशीबाट, दृतियलाई संस्थाका संरक्षक बिष्णु के.सीबाट, तृतीय हुनेलाई सन्ध्याग्रुप कतारका अध्यक्ष थर्चा लामाबाट, सान्त्वनाहुनेलाई छन्द कवि बद्रिप्रसाद पराजुलीले प्रमाण पत्र तथा रकम हस्तान्तरण गरेका थिए। भने अन्य सहभागीहरुलाई कवि पराजुलीकै हातबाट प्रमाण पत्र हस्तान्तरण गरिएको थियो।

कतारको समय अनुसार ११:३० मा सुरुभएको गजल प्रतियोगीतालाई नेपालबाट च्वाईस एफ एम ९०.४ मेघाहर्ज, रेडीयो ताप्लेजुङ एफएम ९० मेघहर्ज, र मोरङ उर्लाबारीबाट प्रशारित इन्द्रेणी एफएम ९७.५ मेघाहर्जले एकै साथ प्रत्यक्ष प्रसारण गरेको थियो। एउटै कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेको कतारको पहिलो रेकर्ड पनि हो। उक्त कार्यक्रमलाई कतारबाट संचालित एनक्युखबर डटकम, नेपालकतार न्युज डटकमले मिडीया पार्टनरको भुमीका निभाएका थिए।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणको कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष चन्द्र कुमार थापा र दोस्रो चरणको कार्यक्रमलाई महासचिव राजेन्द्र खनालले संचालन गरे। सहभागी गजलकारहरुलाई धन्यवाद, बिजयी गजलकारहरुलाई बधाई दिर्दै कार्यक्रमको सभापति थर्चा लामाले सबै उपस्थिती अतिथिहरु, साहित्यि अनुरागी र मिडिया पार्टनरहरुलाई विशेष धन्यवाद प्रकट गर्दै कार्यक्रमलाई बिट मारेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार