लकडाउनका अवधिमा बढ्दो आपराधिक घटनाहरु

८ जेष्ठ २०७७, बिहीबार २१:३७ मा प्रकाशित

 

लेखक अधिवक्ता;    दिपक कुमार बिष्ट

कोरोना भाइरसका कारण नेपालमा लागू भएको लकडाउनका बीच चोरी, हत्या र बलात्कार बर्बरतापुर्ण आपराधिक घटनाहरु बढेको पाईएकोछ। २०७७ बैशाख २९ सम्मको अवधीमा यातायातका कारणबाट घट्ने अपराधिक घटनामा कमी देखिएपनि चोरी जबर्जस्ती करणी आत्म हत्या तथा हत्या समय प्रतिकुलताका बावजुद पनि बढेको पाईएको छ।

चोरी

लकडाउन जारी रहँदाका बखत बौद्ध क्षेत्रमा चोरीमा संलग्न ११ जनालाई पक्राउ गर्यो। बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरीएको थियो।पक्राउ पर्ने मध्ये केही बालबालिका भएकाले सुधारगृह पठाएको थियो।

जबर्जस्ती करणीका अपराध

लकडाउन अवधीमा भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेबाट २३ वर्षीय युवक आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा पक्राउ परे।सिन्धुपाल्चोक घर भई हाल बोडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेका थिए।कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी २० वर्षीया युवतीलाई काठमाडौँ पुर्याइदिने भन्दै धादिङबाट ना.६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेको अवस्थामा जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतार थानकोटबाट पक्राउ परे। त्यसअघि बर्दियाकी चार वर्षीया नाता पर्ने बालिकालाई फकाई फुल्याई जबर्जस्ती करणी गरेको अभियोगमा १५ वर्षीय किशोर पक्राउ परेका थिए। बन्दाबन्दीमा सुदूरपश्चिम प्रदेशको कैलाली र प्रदेश–३ को काभ्रेमा सामूहिक करणी जस्तो जघन्य अपराध भएको थियो ।नेपाल प्रहरीका अनुसार बन्दाबन्दीमा भएका यी करणी अपराधका घटना केही उदाहरण मात्र हुन् । बन्दाबन्दी सुरु भएको ३५ दिन अवधिमा करिब ५८ वटा करणीका अपराध भएका थिए । यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बाल यौन दुराचारका १० घटना भएको वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार करणी सम्बन्धी अपराध मानवीय स्वभावसंग जोडिएकाले अन्य अपराध भए पनि यौनजन्य अपराध र लागूऔषध कारोबार तथा ओसारपसारका अपराध लकडाउनमा खासै नियन्त्रण भएका छैनन्।अपराधमा संलग्न अभियुक्त पीडितको आफन्त तथा नातेदार रहेको पाइएको छ । मनोविद् कञ्चन कुँवरका अनुसार करणी घटनामा आफन्त तथा नातेदार संलग्न हुनु मानसिक समस्याको उपज हो । लकडाउनको समयमा सबैभन्दा बढी करणी सम्बन्धी अपराध प्रदेश–५ मा भएका छन् । त्यस्तै काठमाडौँमा पाँच, प्रदेश–१ मा १०, प्रदेश–२ मा १०, बाग्मती प्रदेशमा पाँच, गण्डकीमा पाँच, कर्णालीमा आठ र सुदूरपश्चिममा दुईवटा करणी सम्बन्धी मुद्दा दर्ता भएका छन् ।

आत्महत्या

कैलालीको गौरिगङ्गा नगरपालिका–९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।शङ्करपुरकी युवतीको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालीका–७ का एक युवकलाई पक्राउ गरेको थियो। यसै लकडाउन अवधिमा काठमाण्डौंको बुढानिलकण्ठमा पनि सामान्य घरायसी झगडाका कारण एक महिलाले आत्म हत्या गरेकी थिइन्। हिजो एक व्यापारी फेवातालमा हाम फालेर आत्महत्या गरेका थिए ।

कालो बजारी

गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको थियो। आफूहरु ठगिएको थाहा पाएपछि किसानले शुक्रबार दिनभर उक्त फार्ममा धर्नासमेत दिएका थिए ।

हत्या

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर एक युवकले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा  श्रीमान पक्राउ परेका थिए।घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बन्चरो प्रहार गरी आफ्नै बाबुआमाको हत्या गरेका थिए।घरायसी विवादको क्रममा आफ्नै भिनाजु नातापर्नेलाई रड प्रहार गरी घाइते बनाएको अभियोगमा मोरङ बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गका एक लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। धनुषाको मिथिला नगरपालिका-९ लालभट्टीमा एक स्थानीय २८ वर्षका युवकले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरेको समाचारमा आएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका–८ मा स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झगडामा ३५ वर्षिय एक महिला सैदुन खातुनको मृत्यु भएको मृत्यु भएको थियो । ७ वर्षकी छोरी अंशुकुमारी सर्राफको घाँटी थिचेर हत्या गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१ छपकैयाका एक २९ वर्षिय युवा पक्राउ परेका थिए ।

कुटपीट

सरकारले आह्वान गरेको लकडाउनका बेला पानी लगाउने नहरको विषयमा सामान्य विवाद  हुँदा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन् । दक्षिण पर्वतको पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अन्य अपराधिक घटना

भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई जाँच्ने क्रममा सर्लाहीको मलंगवा नगरपालिका–२ मा नखुलेको रकम अवैध १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका थिए ।मोबाइल लुटपाट गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिश सुनारसहित २ जना गत मंगलबार दिउँसो पक्राउ परेका थिए  । रौतहटको राष्ट्रिय वनभित्र काचो सालको रुख काटेर चिरान गरी काठ तस्करी हुने गरेको फेला परेको थियो।

चाडबाडमा वनगस्ति कम हुने मौका छोपेर वन डिभिजन कार्यालय कर्मचारीकै मिलोमत्तोमा जिल्लाको धन्सार, बृन्दावन, जुडीवेला रंगपुर लगायतको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा काठ तस्करी हुने गरेको र रौतहटको वन क्षेत्रमा काचो रुख काटेर वनभित्रै चिरान गरेर बारा,सर्लाही जिल्लासम्म पुर्‍र्याउने गरेको पाइएको थियो ।

लकडाउनको अवधिमा देवचुली नगरपालिका ७ नवलपुरमा बा ९४ प ७६६८ नम्वरको पल्सर मोटरसाइकल गाँजा लिएर आएका र गाँजा दिने व्यक्तिहरु पक्राउ परेका थिए। मकवानपुरमा तेल बोक्ने ट्यांकरमा लुकाइ छिपाई नेपाल भित्राउदै गरेको लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो। लागु औषध ब्राउन सुगरको कारोबारमा संलग्न भएको आशंकामा धनगढीमा प्रहरीले एक महिलासहित पाँचजनालाई पक्राउ गरेको थियो।

माथि उल्लेखित घटनाहरु त प्रतिनिधी घटनाहरु मात्र हुन्।लकडाउनका अवधीमा मानिसहरु घरबाट बाहिर ननिस्कने र काममा व्यस्त भईरहनेहरु सब चौबिसै घण्टा घरमा बस्दा चिढचिढा हुने र साना तिना कुरामा छिटो रिसाउने प्रवृत्ती बढ्न जाँदा एकातिर पुरुषहरुबाट घटनाहरु घट्नसक्ने र अर्कोतिर महिलाहरुमा पनि यस अवधीमा चिढचिढापन बढ्दो देखिएको पाइएकोले उनीहरुबाट नि अपराधिक घटनाहरु घट्न जाने हन्छ । त्यतिमात्र नभइ लकडाउनका अवधीमा मान्छेहरुमा देखिएका मानसिक बिचलनका कारण पनि धेरै जसो अकल्पनिय घटनाहरु घटेका देखिएका हुँदा हामी सबैको सामुहिक प्रयासले मात्र समाजमा बढ्दो अपराधिक घटनाहरु न्युनिकरण गर्न सकिने कुरालाई कसैले नकार्न सक्दैन । त्यसैले आआफनो क्षेत्रलाई अपराध रहित समाज निर्माणको खातिर आजैबाट लागौं ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक