कालापानी क्षेत्रको सिमा विवादबारे बोल्यो चीन

६ जेष्ठ २०७७, मंगलवार २०:३७ मा प्रकाशित

काठमाडौँ, ६ जेठ । नेपाल र भारतबीच चर्किएको सिमा विवादबारे चीनले मुख खोलेको छ । चीनले कालापानी क्षेत्रको विवाद नेपाल र भारतको आन्तरिक मामिला भएको बताएको छ । चीनले सिमा विवाद दुई देशले आपसी छलफलबाटै समाधान गर्ने विश्वाससमेत लिएको छ ।

नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन्’ भनेका छन् ।

भारतले लिपुलेकमा नेपाली भूमि हुँदै मानसरोवर जाने सडक बनाएपछि नेपालमा विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९