एमाओवादीको नेतृत्वमा बनेको मोर्चाले मुलुकमा मुठभेड निम्ताउँछ : ज्ञवाली

२ भाद्र २०६९, शनिबार १८:२६ मा प्रकाशित

अर्घाखाँची, २ भाद्र । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले एमाओवादीले आफ्नो नेतृत्वमा मोर्चा गठन गरेर देशलाई अराजकता र मुठभेडमा धकेल्न खोजेको आरोप लगाएका छन् । उनले सत्ता टिकाउनका लागि उनीहरुले अपवित्र गठबन्धन गरी अवसरवादी मोर्चा बनाएको आरोप समेत लगाए ।
अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले एमाओवादीले जस्तो कांग्रेस र एमालेले गठबन्धन गरेर मोर्चा बनाउने सोचमा नरहेको जानकारी गराए । एमाओवादीले वैशाख २१ गते भएको सहमति लागू नगरे आन्दोलन गर्ने उनको भनाइ छ । माओवादीले संविधान सभाको हत्या गरेर गठवन्धन मोर्चा बनाएर मुलुकलाई थप द्धन्द्धमा धकेल्न खोजे त्यसको सामान गर्न तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार