जेठी सासुमाथी खुकुरी प्रहार

२ भाद्र २०६९, शनिबार १८:१६ मा प्रकाशित

ताप्लेजुङ, २ भदौ । ताप्लेजुङको हाङदेवामा आज दिउसो ज्वाईले जेठी सासुमाथि धारिलो हतियार प्रहार गरेर घाईते बनाएका छन् । घरायसी बिवादका कारण हाङदेवा–४ निवासी हिमाल भट्टराईले आफ्नै जेठी सासु फुङलिङ–७ निवासी चन्द्रा बराललाई खुकुरी प्रहार गरेका हुन् ।
देब्रे पाखुरामा गम्भीर चोट लागेकी बराल खतरामुक्त रहेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले हतियार प्रहार गर्ने भट्टराइलाई पक्राउ गरेको छ ।
पत्नी कमलासंग बिगत केही समयदेखि सम्वन्ध विग्रिएका भट्टराईले विवाहका क्रममा दिईएको दाईजो जेठी सासु बरालले मागे पछि आक्रोसमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

सुर्खेत । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदा भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिँदा आठ वर्षअघि यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न पाँच सदस्यीय समिति बनेको छ

रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित हुनुभएको छ । हरियाली बनेको मकैखेतीमा किराले सताउन