‘पाँच तारे होटेलले चैत्र यताको तलव दिएका छैनन्’

५ जेष्ठ २०७७, सोमबार १३:३४ मा प्रकाशित

काठमाडौँ, ५ जेठ । श्रमिकहरुकै श्रमको वलमा विगतदेखि अथाह मुनाफा आर्जन गर्दै आएका पाँच तारे होटेलका साहुहरुले कोरोनाको निहुमा आफ्ना कामदार कर्मचारीहरुलाई गत चैत यताको तलव दिएका छैनन् । तर यिनीहरुले सरकारलाई भने वैशाख सम्मको तलव दिइसकेको भन्दै गुमराहमा राखेका छन् ।

विभिन्न वहानामा सरकारसित राहतको माग राख्ने तर आफ्ना कामदार कर्मचारीहरुलाई तलवसम्म नदिने व्यवसायीहरुको चरित्र निन्दनीय छ । श्रमिकका नाममा छुट्याइएका विभिन्न सञ्चित कोषहरुमा मात्रै पनि अहिले कराडौं रकम सञ्चित छ । त्यस्तो रकम प्रत्येक होटेलहरुमा औषतमा ४० देखि ८० करोडको हाराहारीमा छ । नियत राम्रो हुने हो भने यो संकटको घडीमा तिनै कोषहरुमा सञ्चित रकम उपयोग गरेर पनि अहिलेलाई तलव दिन सकिन्थ्यो ।

विभिन्न वहानामा तलव कम दिने वा अन्य बार्गेनिङ गर्ने खराब नियत राखी कामदार कर्मचारीहरुलाई गलाउने मनसाय हो भने व्यवसायीहरुको त्यो मनसाय एउटा दिवास्वप्न वाहेक केही होइन । यस्तो कानून विपरितको चाहना कहिल्यै पूरा हुने छैन । त्यसैले विभिन्न प्रतिष्ठानहरुमा कार्यरत सम्पूर्ण कामदार तथा कर्मचारीहरुको तत्काल तलव भुक्तान गरी उनीहरुको बाँच्न पाउने अधिकार सुनिस्चित गर्न जोडदार माग गर्दैै त्यसो नगरिए व्यवसायीहरुले यसको ठूलो मूल्य चुकाउनु पर्नेतर्फ समेत सचेत तुल्याउछु ।

लेखकः महेशराज जोशी
महासचिव, नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर