प्रा. डा. केसीले अनसन तोडे, त्रिवि शिक्षण अस्पतालको डीनमा डा. प्रकाश सायमी

२ भाद्र २०६९, शनिबार १८:०४ मा प्रकाशित

काठमाडौं, २ भदौ । त्रिवि शिक्षण अस्पतालको डीनमा डाक्टर प्रकाश सायमी नियुक्त भएका छन् । सरकारको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयले डाक्टर सायमीलाई डिन नियुक्त गरेको हो । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बिहान विश्वविद्यालयका उपकूलपति, रेक्टर, रजिष्ट्रार लगायतका पदाधिकारीलाई आफ्नै निवासमा बोलाएर समस्या समाधानको लागि निर्देशन दिनुभएको थियो । वरिष्ठता र कार्यदक्षताका आधारमा नयाँ डिन नियुक्त गरेको हो ।
यसैबीच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको डीनमा प्रकाश सायमी नियुक्त भएपछि डाक्टर गोविन्द केसीले ६ दिनदेखिको अनसन तोडेका छन्। वरियतामा पाँचौं नम्बरमा रहेका सायमीले नियुक्ति पत्र बुझे लगत्तै अस्पतालमा उपचार गर्न पुगेका विरामीले जुस खुवाएर केसीको अनसन तोडेका हुन्।

त्रिविका उपकूलपति हीराबहादुर महर्जनले एकलौटी निर्णयका आधारमा वरिष्ठतालाई मिच्दै डाक्टर धर्मकान्त बास्कोटालाई तीन महिनाका लागि निमित्त डीनको जिम्मेवारी दिएका थिए। शुक्रबार चिकित्‍सक संघको बैठकले त्रिवि शिक्षण अस्पतालमा भइरहेको राजनीतिक भागवण्डा र वरिष्ठता मिचेको विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। संघले आमरण अन्सनमा बसेका डाक्टर गोविन्द केसीको बचाउ अभियान पनि थाल्ने भएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार