एमाओवादीको नाडी छाम्ने प्रयास भयो, मुलुक मुठभेड तर्फ जाने निश्चित : सापकोटा

२ भाद्र २०६९, शनिबार १७:४९ मा प्रकाशित

काठमाडौं, २ भदौ । राष्ट्रपति डा. रामवरण यादवले चुनाव सम्बन्धी अध्यादेश अस्वीकार गरेर एकीकृत माओवादीको नाडी छाम्ने प्रयास गरेको आरोप लगाउँदै एकीकृत माओवादीले मुलुकमा मुठभेड स्थिति पैदा हुनसक्ने चेतावनी दिएको छ ।
आज पार्टी कार्यालय कोटेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले भने, ‘राष्ट्रपतिले माओवादीको नाडी छाम्ने प्रयास गर्नु भयो,यो राम्रो संकेत होइन, यसले सरकार नै हटाउन सक्नेतर्फ राष्ट्रपति अघी बढ्न सक्ने भन्दै खतरा देखिन्छ ।’
राष्ट्रपतिले अधिकार क्षेत्रबाहिर गएर काम गरेको सापकोटाले आरोप थियो । ‘राष्ट्रपतिले राजनीतिक निर्णय गर्न थाल्नुभएको छ’, सापकोटाले भने, ‘‘सरकारले पेश गरेको विधेयक अस्वीकृत गर्ने अधिकार उहासँग थिएन ।’
अध्यादेशलाई पूनर्विचारका लागि सरकारसमक्ष फिर्ता गर्न सक्ने भएपनि राष्ट्रपतिले सिधै अस्वीकार गरेर सरकारको कामलाई मान्यता नदिने संकेत गर्दै राजनीतिक निर्णय गरेको माओवादीको ठहर छ ।
राष्ट्रपतिले सहमतिको वातावरणलाई भाँडेको उनको आरोप थियो ।  सरकारलाई काम चलाउ भनेर भनिसकेको राष्ट्रपतिले अर्को नयाँ कदम चालेको माओवादीको ठहर छ । दलहरुले राष्ट्रपतिलाई उचालिरहेको र त्यसकै उक्साहटमा राष्ट्रपतिले कदल चालेको हुनसक्ने भन्दै यस्तै भए मुठभेड हुने प्रवक्ता सापकोटाले चेतावनी समेत दिए ।
उनले राष्ट्रपतिको कदम विरुद्ध सभा, प्रशिक्षण र गोष्ठीसहित जनपरिचालन गर्ने जानकारी पनि दिए । सहमतिका लागि ढोका सधै खुल्ला राखेपनि राष्ट्रपतिको कदमविरुद्ध जनमत सिर्जनाको काम पनि गर्दै गर्ने बताए ।
निर्वाचन आयोगले सरकारले मंसिर ७ का लागि तोकेको संविधानसभा चुनाव नहुने जानकारी गराई सकेकाले अध्यादेश जारी गर्नुको सान्दर्भिकता नभएको भन्दै सरकारले पेश गरेका निर्वाचन सम्बन्धी दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयले शुक्रबार फिर्ता गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा