भगौडा भारतीय मन्त्री नेपाल आएको आशंका

२ भाद्र २०६९, शनिबार ०८:५९ मा प्रकाशित

काठमाडौ, २ भदौ । आफ्नै एयरलाइन्स कम्पनीमा काम गर्ने एक एयरहोस्टेस युवतीलाई मानसिक प्रताडना दिएर आत्महत्या गर्न बाध्य पारेको आरोप लागेका भारत हरियाणा राज्यका पुर्व गृहमन्त्री गोपाल गोयल कान्डा त्यहांको प्रहरीले गिरफ्तार वारेन्ट जारी गरेपछि भागेर नेपाल आएको आशंका भारतीय संचारमाध्यमहरुले गरेका छन् ।
‘टाइम्स अफ इडिण्या’ले कान्डा नेपाल भागेकोले उनलाई पक्राउ गर्न दिल्लीबाट भारतीय प्रहरीको बिशेष टोली नेपाल आएको उल्लेख छ । कान्डालाई पक्राउ गर्न भारतीय प्रहरीले नेपाल प्रहरीसंग मद्धत मागेको समेत समाचारमा उल्लेख गरिएको छ । कान्डाका बहिनी ज्वाई बन्टी बंशलले नेपालमा ४० मिनेट फोनमा कुरा गरेको देखिएपछि उनी भागेर नेपाल आएको अनुमान गरिएको दिल्ली प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । करिब दुई सातादेखि फरार कान्डाका नातेदारको फोन डिटेल्स दिल्ली प्रहरीले निगरानीमा राखेको र फोन डिटेल्सकै आधारमा भारतीय प्रहरीले बंशललाई बुधबार दिल्लीमा पक्राउ गरेको थियो ।
यता नेपाली अधिकारीले कान्डाका बारेमा केहि जानकारी नभएको बताए । केन्द्रिय प्रहरी प्रवक्ता डिआइजी विनोद सिंहले कान्डा अहिलेसम्म कुनै पनि नाकाबाट नेपाल प्रवेश गरेको नपाइएको बताएका छन् । भारतिय पक्षबाट कान्डाका बारेमा औपचारिक वा अनौपचारिक कुनै प्रकारको जानकारी समेत नआएको उनको कथन छ ।
कान्डाले ‘एमडिएलआर’ नामक आफ्नै एयरलाइन्स कम्पनीकी एयरहोस्टेज २३ वर्षिया गीतिका शर्मालाई यातना दिएर आमहत्या गर्न बाध्य बनाएको आरोप छ । एयरलाइन्सकै अर्की एक कर्मचारी अरुणा चड्डाले कान्डाको सहयोगी बनेर गीतिकामाथि दुव्र्यवहार गरेको समाचारमाध्यमहरुले दाबी गरेका छन् । गीतिकालाई काण्डासंग यौन सम्बन्ध राख्न अरुणाले उत्प्रेरित गरेको र उक्त प्रूताव अस्वीकार गरिएपछि गीतिकामाथि बलात्कारलगायतका दुव्र्यवहार भएको आशंका गरिएको छ । यही प्रताडनाका कारण उनले आत्महत्याको बाटो रोजेको प्रहरीको अनुमान छ । गीतिकाले अगष्ट ५ (साउन २१ गते) मा आफ्नै फ्ल्याटको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ ।मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको