एमालेका असन्तुष्ट राईको जिल्लामै विरोध

२ भाद्र २०६९, शनिबार ०८:५२ मा प्रकाशित

काठमाडौं, २ भदौ । एमालेबाट असन्तुष्ट भई जातीय पार्टी गठन कार्यमा संलग्न रहेका उपाध्यक्ष अशोककुमार राईको गृहजिल्ला खोटाङमै उनको विरोध सुरु भएको बुझिएको छ ।
एमाले जिल्ला कमिटीले असन्तुष्टहरुको एजेन्डालाई पार्टीभित्रै छलफल र त्यसपछि निकास निकाल्नु पर्ने औंल्याउंदै यसबारे गाउं–गाउंमा कार्यक्रममार्फत जानकारी गराउन विभिन्न ठाउंमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसलाई पार्टी फुटविरुद्धको अभियानका रुपमा हेरिएको छ । सो अभियानअन्तर्गत आज शनिबार खोटाङको च्याम्सिटार र भोली भदौ ३ गते हलेसीमा पार्टी फुटविरुद्ध अभियान चलाइने खोटाङ जिल्ला सचिव राजन राईले जानकारी दिए ।
अशोक राईनिकटकै जिल्ला उपाध्यक्ष बबि चाम्लिङ लगायत अधिकांश कार्यकर्ता पार्टाी फुटको पक्षमा देखिएका नदेखिएका सचिव राईको कथन छ । सञ्चारकर्मीहरुसंग कुरा गर्दै राईले भने– ‘असन्तुष्ट तथा जनजाति एजेन्डालाई पार्टीभित्रै छलफल गरेर टुङ्ग्याउनु पर्छ, त्यसो नभए पार्टी फुट्छ र यदि फुटी नै गए पनि खोटाङमा भनेहामी एकै ठाउं रहन्छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको