नियमविपरित सचिवहरुको सरुवा

२ भाद्र २०६९, शनिबार ०८:४९ मा प्रकाशित

काठमाडौं, २ भदौ । डेढ साता अवधिमा सरकारले दोस्रो पटक सचिवहरुको सरुवा गरेको छ । मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले वरिष्ठ दुई जनासहित ६ सचिवको हेरफेर गरेको हो । यसअघि साउन २४ मा बसेको मन्त्रीपरिषद बैठकले आठ सचिवको सरुवा, चार जनाको पदस्थापना र पांच सहसचिवलाई कामुसचिवमा बढुवा गरेको थियो ।
सहरी विकास मन्त्रालयका सचिव ताना गौतम र सिंचाइ मन्त्रालयकी सचिव वृन्दा हाडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेको छ । उनीहरु दुवै वरिष्ठसचिवको कोटीमा पर्छन् । उनीहरु दुवैको अवकासको समय नजिक आइसकेको छ । दुई महिनाभन्दा कम मात्र अवधि बांकी रहेका वरिष्ठ सचिवद्वय गौतम र हाडालाई सरकारले निजामती सेवा ऐन तथा नियमावलीविपरीत सरुवा गरेको हो । अवकाश पाउन एक वर्षभन्दा कम समय बांकी रहेका कर्मचारीलाई सरुवा गर्न नपाइने र गर्नैपरेमा सम्बन्धित कर्मचारीको सहमति अनिवार्य रुपमा लिनुपर्ने निजामती सेवा ऐन तथा नियमावलीको प्रावधान रहेको छ ।
प्रधानमन्त्री कार्यालयमा प्रशासनतर्फका तीन सचिवको दरबन्दी भए पनि गौतम र हाडालाई लगेर चारजना पु¥याइएको छ । सचिवदद्वय जयमुकुन्द खनाल र धरणीधर खतिवडा अघिदेखि नै प्रधानमन्त्री कार्यालयमा कार्यरत छन् ।
सरुवा भएका अन्य सचिवमा प्रधानमन्त्री कार्यालयका माधव रेग्मीलाई राष्ट्रिय सतर्कता केन्द्रमा, शिक्षा मन्त्रालयका किशोर थापालाई सहरी विकास मन्त्रालयमा, सतर्कता केन्द्रका सुरेशमान श्रेष्ठलाई शिक्षा मन्त्रालयमा र महालेखा नियन्त्रण कार्यालयका प्रतापकुमार पाठकलाई सिंचाइ मन्त्रालयमा सारिएको छ । रेग्मी डेढ सातामा दुई पटक सरुवा हुने सचिवमा परेका छन् । उनलाई मन्त्रिपरिषदको साउन २४ गते बसेको बैठकले रक्षा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं,

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

आजको प्रमुख समाचार