आचार्य बालकृष्ण मुक्त

२ भाद्र २०६९, शनिबार ०८:४३ मा प्रकाशित

नयांदिल्ली, २ भदौ । भारतीय योगगुरु रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण जेलमुक्त भएका छन् । करिब एक महिनाको जेल बसाईपछि उनलाई जमानतमा छाड्न उत्तराखण्डको उच्च न्यायलयले बिहिबार आदेश दिएको थियो । आदेशको एक दिनपछि उनी जेलमुक्त भएका हुन् । जाली कागजात प्रयोग गरी भारतीय राहदानी बनाएको आरोपमा उनलाई गत जुलाईको तेस्रो साता केन्द्रीय जांच ब्युरो सीबीआईले पक्राउ गरेको थियो । मुक्त भएर जेलबाट आफ्नो आश्रम पतञ्जली योगपीठस्थित फर्कने क्रममा समर्थकहरुले उनको भव्य स्वागत गरेका थिए । बाबा रामदेवले शुरु गरेको कालोधन र भ्रष्टाचारविरोधी अभियान तुहाउनका लागि उनका प्रमुख सहयोगी बालकृष्णलाई पक्राउ गरिएको आरोप भारतको केन्द्रीय सरकारमाथि रामदेव समर्थकहरुले लगाउंदै आएका छन् ।
पक्राउ परेपछि सुरुमा बालकृष्णलाई ९ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । त्यसपछि दुई पटक गरी १४–१४ दिनका लागि हिरासत अवधि लम्बयाइएको थियो । सीबीआई विशेष अदालतले पछिल्लोपटक उनलाई अगष्ट २७ सम्म हिरासतमा राख्न आदेश दिएको थियो । यद्यपि बिहीवार उच्च न्यायलयले उनलाई १० लाख रुपैयां धरौटीमा जेल मुक्त गर्न आदेश दिएको हो । कतिपयले बालकृष्णको रिहाईलाई गत साता बाबा रामदेवद्वारा आफ्नो आन्दोलन फिर्ता लिएको प्रकरणसंग जोडेर पनि हेर्न थालेका छन् । बालकृष्णलाई छोड्ने शर्तमा रामदेवले अनसन लगायतका आन्दोलनको कार्यक्रम त्यागेका र केन्द्रीय सरकारले त्यसैअनुरुप बालकृष्णलाई मुक्त गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको