स्वीटजरल्याण्डले दिएको पीसीआर टेस्ट किट आइपुग्यो

२५ बैशाख २०७७, बिहीबार २१:३४ मा प्रकाशित

काठमाडौँ, २५ बैशाख । स्वीटजरल्याण्ड सरकारले दिएको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आईपुगेको हो ।

स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ति किट हस्तान्तरण गरेकी हुन् । स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९