बेंगलोरमा ‘पूर्वोत्तर क्षेत्रवासी’ आतंकित

१ भाद्र २०६९, शुक्रबार १७:०२ मा प्रकाशित

काठमाडौं, १ भदौ । भारतको असम राज्यमा भएको साम्प्रदायिक हिंसाका कारण बेंगलोरमा आफूमाथि आक्रमण हुनसक्ने त्रासमा भारतको पूर्वोत्तर राज्यका हजारौं बासिन्दाले बेंगलोर छाडेका छन् । यसबाट पूर्वोत्तर भारतका वासिन्दाजस्तै देखिने भएकाले अध्ययन र रोजगारीका लागि बेंगलोरमा रहेका नेपालीहरु पनि चिन्तित भएका छन् । बेंगलोरको रेल्वे स्टेसन पूर्वोत्तर राज्यका बासिन्दासहित नेपाल, भुटान र तिब्बतका नागरिकको भीड लागेकाले अस्तव्यस्त भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

बिबिसीसंग भारतका गृहसचिव आरके सिंहले पूर्वोत्तर राज्यका मानिसमाथि आक्रमण हुंदैछ भनी आएको विषय अफवाह मात्रै भएको बताए । उनले भारतको कुनै पनि स्थानमा बस्ने पूर्वोत्तर क्षेत्रका नागरिकलाई कुनै खतरा नभएको जिकिर गरे । बेंगलोर प्रशासनले पनि अफवाह् मात्र भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।
असमका मुख्यमन्त्री तरुण गोगोइले पछिल्लोपटक महाराष्ट्रको पुनामा एक पूर्वोत्तर राज्यका विद्यार्थीमाथि आक्रमण भएपछि दक्षिणी भारतमा आक्रमणको त्रास फैलिएको बताएका पिटिआईले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार