मालिकलाई होटल मजदूरको चेतावनी, ‘काला कर्तुत सार्वजनिक गर्छौ’

२२ बैशाख २०७७, सोमबार १६:४७ मा प्रकाशित

तीर्थ सुवेदी, काठमाडौँ, २२ बैशाख । आइतबार होटल क्षेत्रका केही व्यवसायीहरुको झुण्डले खाली कागजमा केही लेखेर हस्ताक्षरसहित सुचना जारी गरेछन् । लकडाउनमा होटल बन्द भन्दै होटलमै बसेर बैठक गर्ने ती व्यवसायीहरुको नियत खराब छ भनेर हामीले पटक पटक खबरदारी गरिरहेकै थियौं ।

आफुलाई ‘होटल संघ नेपाल (हान)मा आवद्ध भएका ठुला साहुजीहरु हौं’ भनेर बताउने व्यवसायीहरुले होटल संघ नेपालको लेटरप्याड समेत प्रयोग गर्न सकेको देखिएन । सरकारले संकटको घडीमा आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैलाई आह्वान गर्दै राजपत्रमा सुचना प्रकाशित गरिसकेको छ । तर यी हानका व्यवसायीहरुले सरकारलाई ठाडो चुनौती दिँदै आफुखुशी कानुनले तोकेकोभन्दा फरक किसिमले सुचना जारी गरेका छन् । १० औँ महिनासम्म प्रतिष्ठान नाफामै चलिरहँदा ऐले २ महिनामै हामी सकियौं भन्दा पत्याउन सकिने आधार केही देखिंदैन । कुनै प्रतिष्ठानले सरकारको निर्णय कार्यान्वयन गर्छुभन्दा समेत संघको तर्फबाट कार्यान्वयन नगर्न अनुरोध सहित चेतावनी समेत दिएको पाईयो । अनि १२।५ प्रतिशत मात्र तलब दिने, ६ महिना होटल बन्द गर्ने र निर्णय नमानेमा श्रम नियम १४५ अनुसार कारवाही गर्ने भन्ने पनि देखियो ।

म निर्णय गर्ने ती व्यवसायीलाई सोध्न चाहान्छु, श्रम नियममा कहाँ लेख्या छ संकट परेमा १२।५ मात्र तलब दिन मिल्ने भनेर रु लकडाउनमा श्रमिकहरु घर बसेको समय पारेर सरोकारवाला निकायहरुसँग छलफल नै नगरी गरिएको निर्णय कार्यान्वयन गर्ने ठेक्का हामीले लिईदिन पर्ने रु व्यवसायीहरुलाई हामी भन्न चाहान्छौँ, कुनैपनि हालतमा तपाईहरुले गरेको निर्णय मान्य हुँदैन ।

व्यवसायीहरुलाई भन्न चाहान्छु, नियमानुसार पाउनुपर्ने सबै सुविधा देउ अनि होटल बन्द गर । यसो गर्न सक्छौ रु हैन भने अब मजदुर चुप लागेर बस्ने छैनन्, तिमीहरुको एक एक हिसाब किताब श्रमिकले राखेका छन् अब आन्दोलनबाटै जवाफ दिनेछन् । संकटको यस घडीमा श्रमिकलाई राहातको बदलामा आहात दिने श्रमिकमाराहरुलाई श्रमिकको शक्तिले छाड्ने छैन । मजदुरले निर्माण मात्र हैन भत्काउन पनि जानेका छन् ।

यो समयमा ट्रेड युनियनहरुको भुमिका पनि सशक्त रुपमा अघि बढ्न सकेको देखिएन । साहुजीहरु एकतावद्ध भएको समयमा हाम्रा संघहरु आफ्नो तरिकाले लविङ्ग मात्र गरिरहे, हानलाई काउण्टर दिन ढिला गरे । अब संघहरु पनि जुर्मुराउने हामी श्रमिकहरुले अपेक्षा गरेका छौं । लकडाउन खुल्ने बित्तिकै श्रमिकका बिरुद्ध गतिविधि गर्ने हान भन्ने संस्था खारेज गर्न आन्दोलनका निम्ति तयार रहन म सम्पुर्ण होटल क्षेत्रमा कार्यरत साथीहरुलाई आह्वान गर्दछु । हानलाई नै नमान्ने भएपछि हान र ट्रेड युनियन संघ बिचको सहमति खारेज गरेको घोषणा गर्दछौं । श्रमिकहरु एकतावद्ध भई हानको एकतर्फी ज्यादती बिरुद्ध लागौं ।

राजपत्रमा लेखिएका बुंदाहरु तथा श्रम कानुन कार्यान्वयन नगर्ने हानलाई कारबाही गर्न सरकारलाई दवाव दिऔँ । साहुजीहरुले राज्यका कर बिरुद्ध गरेका लुट, करछली तथा काला कर्तुतहरुको उजागर गरौं । आफुलाई कानुनभन्दा माथि भएको महशुश गर्ने साहुजीहरुलाई कानुनी कठघरामा उभ्याउने राज्यले हिम्मत गरोस् । अनि मात्र श्रमिकले राज्य भएको महशुश गर्नेछन् ।

यस्तो थियो हानको निर्णयः

(लेखक सुवेदी होटल अन्नपुर्णको आधिकारीक युनियनका अध्यक्ष हुन्)

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेसमा छरिएर बसोबास गरेका छन् । यतिखेर

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको