कुवेतमा ३५ सय नेपाली स्वदेश फर्किने प्रक्रियामा

२२ बैशाख २०७७, सोमबार १३:०३ मा प्रकाशित

कुवेत, २२ बैशाख । कुवेतमा ३ हजार ५ सय नेपाली नेपाल फर्किने अनुमति कुरिरहेका छन् । आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदार रहेका उनीहरु नेपाल फर्किने अनुमति कुरिरहेका हुन् । कुवेतले विना कैद तथा जरिवाना गैरकानूनी कामदारका लागि आममाफीको आह्वान गरेपछि कुवेतको सरकारी आश्रयस्थलमा पुगेका उनीहरु नेपाल फर्किने अनुमतिको पर्खाइमा बसेका हुन् ।

नेपालमा अन्तराष्ट्रिय उडान स्थगित रहेका कारण उनीहरु नेपाल फर्किन पाएका छैनन् । तर कुवेत सरकारले उनीहरुलाई फर्काउन दूतावासमार्फत सरकारसँग पहल गरेको छ ।

कुवेतले २६ अप्रिलदेखि ३० सम्म अवैध नेपाली कामदारलाई घर फर्किने प्रक्रियामा सहभागी हुन समय दिएको थियो । नेपाली दूतावासका अनुसार ४ दिनमा ३ हजार नेपालीले स्वदेश फर्किने कागजात पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९