डा. केसीको अवस्था थप नाजुक, शनिबार र आइतबार देशभरका अस्पताल ठप्प पारिने

१ भाद्र २०६९, शुक्रबार १५:५९ मा प्रकाशित

काठमाडौं, १ भदौ । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा भागबण्डामा डीन नियुक्त गर्न नहुने माग राखेर ५ दिनदेखि आमरण अनसनमा बस्नुभएका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप नाजुक बनेको छ । हिजोदेखि अनसन स्थलमै इसीजी मोनिटर र अप्सिमिटरको माध्यमबाट केसीको शरिरमा हुने परिवर्तनको अनुगमन गर्न थालिएको छ । केसीको उपचारमा संलग्न डा. प्रेम खड्काले उहांको रगतमा अम्लता देखिएपछि शरिरका प्रमुख अंगहरुले बिस्तारै काम गर्न छाड्ने बताउनुभयो ।

यसैबीच डा.केसीको मागप्रति सम्बोधन गर्न दबाव दिंदै महाराजगञ्ज मेडिकल कलेजको स्वतन्त्र विद्यार्थी युनियनले डीनको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेको छ भने अर्कोतिर चिकित्सकहरुकै अर्को पक्षले पनि अस्पतालको सेवा सुचारु गर्नुपर्ने माग राखेर रिले अनसन गरिरहेको छ । अस्पतालमा सेवा ठप्प भएपछि उपचार नपाएर बिरामी अलपत्र परेका छन् ।
यसैबीच राजनीतिक भागवण्डाबिना वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका चिकित्सकहरुले देशभर स्वास्थ्य संस्था ठप्प पार्ने भएका छन् । राजधानीमा आयोजित नेपाल चिकित्सक संघको विस्तारित बैठकले भोलि शनिबार र पर्सी आइतबार देशभरका अस्पतालमा आकश्मिक सेवाबाहेक अरु सेवा ठप्पा पार्ने निर्णय लिएको हो । त्यस्तै, डाक्टर गोविन्द केसीको बचाऊ अभियान पनि थालिने चिकित्‍सक संघका पूर्व अध्यक्ष केदारनर सिंह केसीले बताए। उनले आमजनतालाई भोलि शनिबार बिहान ९ बजे शिक्षण अस्पताल महारागञ्जमा गई डाक्टर केसीको जीवन बचाऊ अभियानमा साथ दिन आह्वान समेत गरेका छन्।सञ्चारकर्मीहरुसंग कुरा गर्दै काउन्सिल अध्यक्ष डा. किरण श्रेष्ठले आफ्ना वरिष्ठ सदस्य जीवन मृत्युको दोसांधमा रहंदासमेत सरकारले गरेको बेवास्ताबाट आफूहरु आहत भएको गुनासो गर्दै अब धैर्यताको बांध टुटेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री