ठूलो आवाजमा बास्ने भोलेलाई गाउँ निकाला

१९ बैशाख २०७७, शुक्रबार १४:४३ मा प्रकाशित

एजेन्सी, १९ बैशाख । ठूलो आवाजमा कुखुरी काँ गरेर बासेको अभियोगमा अष्ट्रियामा एउटा भाले गाउँ निकालामा परेको छ । अष्ट्रियाको मार्कस्र्डर्फमा कुखुराको भाले बासेका कारण गाउँलेहरुलाई डिस्टर्ब भएको भन्दै गाउँलेले भालेविरुद्ध उजुरी दिएका थिए ।

उजुरी उपर भएको निर्णयमा भालेलाई गाउँ निकाला गर्ने उसका लागि नयाँ वासस्थान खोज्ने काम सुरु भएको छ ।

स्थानीय विद्यालयले आफ्ना विद्यार्थीहरुलाई देखाउन स्थानीय एक जना महिलाको घरमा दुईवटा भाले र एउटा पोथी पालेको थियो । दुईवटा भालेमध्ये ठूलो आवाज निकाल्ने भालेलाई त्यहाँबाट निकाला गर्ने निर्णय गरिएको हो ।

महिलाले भने उक्त भाले असल स्वभावको रहेको र आवाज मात्रै ठूलो रहेको बताएकी छिन् । गाउँ निकाला गरिने भालेका लागि नयाँ घरको खोजी भैरहेपनि हालसम्म कुखुरा पाल्ने मानिस फेला परेका छैनन् । मानिस फेला नपरे त्यो भालेलाई बधशालामा पठाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित