खन्ना गार्मेन्टनजिक शव भेटियो

१ भाद्र २०६९, शुक्रबार १५:२७ मा प्रकाशित

काठमाडौं, १ भदौ । महेन्द्रनगरबाट काठमाडौँतर्फ आउंदै गरेको ना.४ ख ४३७ नम्वरको बसको चेकजांचका क्रममा एसएमजी १ थान, सोको म्याग्जीन १ थान, गोली २१ थान र आठ एमएमको गोली १० थानसहित सिराहा, सुनमती गरिया–७ का ४२ बर्षीय देवन्द्र सिंह र १९ बर्षीया अस्मिता शाही पक्राउ परेका छन् । नेउलापुर–१ आम्वासस्थित महेन्द्र राजमार्गमा प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त हतियार र गोली बरामद भएको प्रहरीले जनाएको छ ।
उता, ललितपुर खन्ना गार्मेन्टनजिक अन्दाजी ४५ वर्षीय पुरुष आज बिहान मृत अवस्थामा फेला परेका छन् । बितेको रात कसैबाट उनको हत्या भएको आशंका गरिएको छ । मृतक तथा घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा