लमजुङ, १ भदौ । उत्तरी लमजुङको भुलभुले गाविस–२ सोदीखोलामा गाई काटिरहेको अवस्थामा प्रहरीले दुईजना स्थानीयलाई रङ्गेहात पक्राउ गरेको छ । खुदी प्रहरी चौकीबाट गस्तीमा खटिएका प्रहरी जवानहरुले गाई काटिरहेको अवस्थामै अभियुक्तहरुलाई भेटेका थिए । सो बारेमा जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि जिप्रका लमजुङबाट खटिएका प्रहरी घटनास्थलमा पुगी २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिम्पानी गाविस वडा नं ९ बस्ने बर्ष ६० का मनबहादुर तामाङ र भुलभुले गाविस वडा नं ३ बस्ने बर्ष ४७ का रामप्रसाद तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट गाईको मासु समेत बरामद गरेको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि
उदयपुर । वर्षायाम सुरु भएसँगै निरन्तर पानी पर्न थालेपछि धान रोपाइँ सुरु गर्ने समय अघि नै जिल्लामा धान रोपाइँ गर्न
काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा