फिल्म सिटीलाई चिनको २ अर्व

२ चैत्र २०६८, बिहीबार ०८:४९ मा प्रकाशित

चिनले फिल्म सिटी निर्माणका लागि नेपाललाई २ अर्ब अनुदान उपलब्ध गराउने वचन दिएको छ । चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले यस्तो आग्रह गरेका थिए । पोखरा र दोलखामा फिल्म सिटी निर्माणमा बोर्डले १२ अर्वको महत्वाकाङ्क्षी परियोजना सुरु गरेको छ । चिनियाँ प्रतिनिधिले बोर्डको प्रस्ताव सरकारकै तर्फबाट आउनुपर्ने प्रतिक्रिया दिएका दिएको छ ।
‘उहाँहरूले वचन दिनुभएको छ’ भण्डारीले  भने, ‘यसतर्फ चिनले चासो देखाएको छ र पहलका लागि सरकारलाई दवाव दिइरहेका छौं ।’ आफूले नेपाललाई उपलब्ध गराउँदै आएको पौने तीन अर्व वार्षिक अनुदानभित्रै चीन फिल्म सिटीको बजेट विनियोजन गर्न चाहन्छ । चिनियाँ अनुदान बाहेक सरकारले राष्ट्रिय योजना आयोगको रातो किताबबाटै आउँदो आर्थिक वर्षमा फिल्म सिटीका लागि बजेट बिनियोजन गर्ने तयारी गरेको छ । गत आइतबार प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष भण्डारीले यस्तो वचन पाएका थिए ।

सरकारले यसअघि उपलब्ध गराएको बजेट किताबमा सिनेमालाई सरसफाइ शीर्षकमा समेटिएको थियो । स्रोतका अनुसार चिनियाँ दुतावास किस्ता अनुदान नभएर उपहारकै रुपमा फिल्म सिटी बोर्डलाई हस्तान्तरण गर्न चाहन्छ । उसले यस्तो रुचि शम्भुजित बाँस्कोटाको कार्यकालमा व्यक्त गरेको थियो । बाँस्कोटासँगको भेटमा चिनियाँ टोलीका फस्ट सेक्रेटरी ली ह्वाँले सरकारको नीति तथा कार्यक्रमभित्र फिल्म सिटीलाई समेटेर आउन सुझाएका थिए । त्यसयता दातृ निकायको चासो ओझेलमा थियो ।

पोखराको धिताल र दोलखाको जुँगु गाविसलाई प्रस्तावित फिल्म सिटीको रुपमा बोर्डले हेरेको छ र ती ठाउँको सम्भाव्यता अध्ययन भैसकेको छ । एकमहिनाअघि दोलखामा आयोजित निर्देशक समाजको चलचित्र कार्यशालामा भण्डारीले फिल्म सिटी निर्माणको घोषणा गरेका थिए । बोर्डले निर्माणको चरण लामो हुने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको