रेडियो सञ्चालकहरुको माग, ‘विज्ञापन ९० प्रतिशत घटे, राहतको व्यवस्था गरियोस्’

१६ बैशाख २०७७, मंगलवार १३:०८ मा प्रकाशित

काठमाडौँ, १६ बैशाख । ‘रेडियो ब्रोडकास्टर्स फोरम’ले लकडाउन कारण एफएम रेडियोहरुले ब्यहोर्नु परेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ । फोरमले कोभिड–१९ बाट एफएम रेडियो सञ्चालनमा परेको नकारात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । रेडियो ब्रोडकास्टर्सहरुको तर्फबाट अध्यक्ष आर.के. श्रेष्ठले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडा र सचिव दिपक सुवेदीलाई ४ बुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

ज्ञापनपत्रमा लकडाउनको समयमा आम जनतालाई सूसुचित गराउन सबैभन्दा प्रभावकारी भूमिका खेलेका रेडियो स्टेशनहरु लकडाउनका कारण आर्थिक रुपमा संकटको सामना गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरिएको छ । लकडाउनका कारण एफएम रेडियोहरुको आम्दानीको मुख्य स्रोत व्यवसायिक विज्ञापनमा ९० प्रतिशत कटौती भएको उल्लेख गर्दै फोरमले यसैका कारण धेरै रेडियोहरु आर्थिक संकटमा पर्न थालेकोले राहत प्याकेजको व्यवस्था गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा रेडियोहरुका लागि २ महिनाका लागि आवश्यक थप बजेटको व्यवस्था गर्न र आर्थिक वर्ष २०७७/०७८ को लागि नविकरण शुल्क छुटको व्यवस्था मिलाउन माग गर्नुका साथै आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकका लागि घर भाडा कर छुट गर्न आवश्यक समन्वय गर्न र आगामी ६ महिनासम्मका लागि विद्युत, टेलिफोन तथा इन्टरनेट शुल्कमा छुटको व्यवस्था गरिदिन माग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ