भदौ अन्तिम हप्ता पुरक एसएलसीको नतिजा आउने

१ भाद्र २०६९, शुक्रबार १३:२४ मा प्रकाशित

भक्तपुर, १ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १७ गते देखि २४ गते सम्म संचालन गरेको एसएलसी पूरक परीक्षाको नतिजा भदौको अन्तिम हप्ता प्रकाशन गर्ने भएको छ । कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भदौको अन्तिम हप्ता सम्ममा प्रकाशित गर्ने तयारी भईरहेको बताइन ।
यसवर्षको पूरक परिक्षामा देशभरबाट एकलाख २४ हजार परीक्षार्थी सहभागी थिए । कार्यालयले गत चैत्त ७ गते देखि १६ गतेसम्म संचालन गरेको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा पूरक परीक्षा संचालन गरेको हो । पूरक परीक्षा दिनेमा सबभन्दा बढी गणित त्यसपछि अग्रेजी र बिज्ञान विषयका परीक्षार्थी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

आजको प्रमुख समाचार