जिप्रकाबाटै ५२ थान एमआरपी राहदानी हरायो

१ भाद्र २०६९, शुक्रबार १३:१४ मा प्रकाशित

धादिङ, १ भदौ । जिल्ला प्रशासन कार्यालय धादिङबाट ५२ थान राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा थन्काएर राखिएको राहदानीमध्ये ५२ थान स्टोरभित्रैबाट हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले आज बताएका हुन् ।
जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार कार्यालयको स्टोरको दराजभित्र राखिएका ४८२९३०१ देखि ४८२९३५० सम्मका ५० थान र ४८२९५३४ र ४८२९५३५ नं का दुई थान गरी ५२ थान राहदानी हराएको हो ।
राहदानी हराउनुमा कर्मचारीकै लापरवाही रहेको जिल्ला प्रशासन कार्यालयले ठहर गरेको छ । गएको साउन २७ गते नयाँ भवनमा कार्यालय सार्ने क्रममा पुराना सामानहरु जाँच गर्दा राहदानी हराएको पुष्टि भएको हो । तर राहदानी कहिले र कसरी हराएको हो भन्ने बारेमा भने केहि खुल्न सकेको छैन ।
राहदानी हराएको पुष्टि भएपछि सहायक प्रमुख जिल्ला अधिकारी विजय पौडेलको संयोजकत्वमा गठिन छानबीन समितिले कर्मचारीकै कारण राहदानी हराएको निष्कर्ष सहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाईसकेको छ ।
हराएको राहदानीको विवरण सहितको पत्र गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन विभागमा पठाइएको र दुरुपयोग हुनसक्ने तर्फ सचेतता अपनाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहदानीको जिम्मा लिएका बद्रि थापाले नयां भवनमा कार्यालय सरेपछि स्टोरको एउटा चाबी नै फिर्ता नगरेको लिखित जानकारी आएपछि कार्यालयले थापालाई निगरानीमा राखेर अनुसन्धान शुरु गरेको छ ।
तत्कालीन स्टोरकिपर थापालाई निगरानीमा राखिएपनि कार्यालयवाट राहदानी कहिले र कसरी हराएको हो भन्ने बारेमा भने केहि खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका