१९ दिनमा ६१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

२४ चैत्र २०७६, सोमबार ११:२२ मा प्रकाशित

काठमाडौँ, २४ चैत्र । चैत्र महिना सुरु भएपछि विदेशमा रहेका नेपाली फर्किने क्रम तीब्र बनेको छ । पछिल्लो १९ दिनको अवधिमा विदेशबाट ६१ हजार नेपालीहरु स्वदेश फर्किएका छन् । चैत्र ४ देखि २३ गतेसम्म ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

उनीहरु छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर नेपाल आएका हुन् । यसमध्ये जहाजमार्फत आउनेको संख्या ४५८ जना छ । चैत्र ४ गते कतार एयरवेजबाट १८५, चैत्र६ गते एयर अरेबियाबाट १७० र भारतको विस्तारा एयरबाट १३० जना नेपाल आएका थिए । बाँकी सबै भारतबाट नेपाल आएको बताइएको छ ।

नेपालमा हालसम्म ९ जनामा कोरोनाको सङ्क्रमण भेटिएको छ । यीमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका