गतिरोध अन्त्यका लागि भन्दै प्रचण्डले फाले अर्को पासा

१ भाद्र २०६९, शुक्रबार १३:१० मा प्रकाशित

काठमाडौ, १ भदौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमतिका लागि आफुहरुले छिट्टै दलिय छलफल सुरु गर्ने बताएका छन् । मुलुकमा अनिष्ट घटना हुनबाट जोगाउन माग गर्दै एमाओवादीका शीर्ष नेतालाई भेट गर्न पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापासंग आज विहना भएको संयुक्त भेटमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनीहरुले आफूहरु सहमतिका लागि प्रयासरत रहेको पनि जानकारी गराएका थिए । भेटमा दुबै शीर्ष नेताले केही दिनबाटै  विपक्षी दलहरुसंग गम्भीर छलफल गर्ने जानकारी दिएको राप्रपा नेपालका अध्यक्ष थापाले जानकारी दिए ।
भेटमा राप्रपा नेपालले जनप्रतिनिधि संस्थाले संविधान बनाउनुपर्ने, राजनीतिक संकट समाधानका लागि स्वतन्त्र चुनावी सरकारले चुनाव गराउनुपर्ने, सहमतिका आधारमा संवैधानिक संकट समाधान गर्नुपर्ने लगायतका ६ बुँदा समेटेर सर्वदलीय सहमतिको आधारपत्र पेश गरेको थियो । राप्रपा नेपालले यसअघि यस विषयमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेतालाई भेटिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दशैँमा घर जानेहरूका लागि हिजाे (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ। काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।