प्रा. डा. केसीको स्वास्थ्यस्थिति गम्भीर, अनशनस्थलमै आइसियु

१ भाद्र २०६९, शुक्रबार १२:४९ मा प्रकाशित

काठमाडौं, १ भदौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्तिको विरोधमा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यस्थिति गम्भीर बनेको छ । पाँच दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति बिहीबार साँझसम्ममा गम्भीर बन्दै गएको हो ।
उनको अवस्था गम्भीर बन्दै गएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालका चिकित्सकले हस्तक्षेप गरी सिसियुमा राख्ने तयारी गरे पनि डा. केसी भने सिसियुमा जान मानिरहेका छैनन् । उनी जस्तो परिणाम आए पनि कुनै हालतमा अनशन नतोड्ने पक्षमा छन् । उनको अवस्था नाजुक बन्दै गएपछि चिकित्सकले अनशनस्थलमै आवश्यक उपकरणसहित आइसियु तयारी बनाएर राखेका छन् । उनीहरूले भेन्टिलेटर पनि तयारी अवस्थामा राखेका छन् ।
यस्तै अवस्था रहे उनको अर्गान फेल हुन सक्ने भन्दै डा. केसीले नमाने पनि उनीहरू हस्तक्षेप गर्ने निष्कर्षमा पुगेका हुन् । ‘र्गान फेलियरमा जान सक्ने संकेत देखिएकाले अनशनस्थलमा उपकरणसहित आइसियु बनाउनुपरेको हो,’ उपचारमा संलग्न चिकित्सक डा. प्रेम खड्गाले बताए । यसैबीच डा. केसीको मागमा समर्थन जनाउँदै टिचिङका चिकित्सकले बिहीबार राष्ट्रपति डा. रामवरण यादवलाई भेट गरेका छन।
टिचिङको डिन नियुक्ति प्रक्रियालाई योग्यता, क्षमता र वरिष्ठताका आधारमा वा प्रतिस्पर्धाका आधारमा व्यवस्थित बनाउनुपर्ने माग राखेर अनशनमा बसेका डा. केसीको ज्यान जोगाउन र मागको सम्बोधन गर्नुपर्ने भन्दै ५० जना चिकित्सकले राष्ट्रपतिलाई भेटेका हुन् । भेटमा राष्ट्रपतिले समस्याको समाधानका लागि प्रधानमन्त्रीलाई आफूले पहिले नै भनिसकेको बताएका थिए । ‘अनशनमा बसेका डा. केसीको ज्यान बचाउन र संस्थाको हितका लागि तत्काल तपाईंको संयन्त्र प्रयोग गरी समस्या समाधान गर्नु भनेको छु,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै डा. मरहठ्ठाले भने । उनका अनुसार राष्ट्रपतिले पनि डा. केसीको माग जायज रहेको र देश र संस्थाको हितका लागि भएको बताएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार