कांगे्रस एमालेलाई चित्त बुझाउने ठेक्का हाम्रो होइन

२ चैत्र २०६८, बिहीबार ०८:४४ मा प्रकाशित

जनार्दन शर्मा, एमाओवादी नेता
० प्रधानमन्त्रीको प्रस्ताव कांगे्रस एमालेले विरोध गरे नि ?
– शान्ति प्रकृया टुग्याउने कुरामा कांगे्रस एमाले सकरात्मक नभएकाले प्रधानमन्त्रीको प्रस्तावको विरोध भएको हो ।
० किन यस्तो भएको हो ?
– प्रधानमन्त्रीले प्रस्ताव दिनुभएको छैन । सेनाले दिएको प्रस्तावमा नै छलफल गरौं भनेर उहाँले राख्नुभएको हो ।
० त्यो प्रस्ताव कांगे्रस एमालेले स्वीकार गर्ने अवस्था छैन अरे नि ?
– कांगे्रस एमालेले अघिल्लो विशेष समितिमा समायोजनको काम सेनालाई दिऔं भनेका थिए । सेनाले सरकारलाई सुझाव दिएको थियो । त्यही सुझाव नै प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको हो । त्यसलाई अस्वीकार गर्नुको अर्थ शान्ति प्रकृयालाई टुग्याउन नचाहनु हो । शान्ति प्रकृया टुग्याएन भनेर माओवादीलाई दोष लगाउने, संविधान निर्माण अवरुद्ध गर्ने षड्यन्त्रअन्तर्गत यो भइरहेको छ ।
० प्रस्तावमा विवादस्पद कुरा धेरै छन् अरे नि ?
– विवादस्पद कुरा छन् भने विरोध गर्नु पर्दैन, छलफल गर्न सकिन्छ । मेरो विचारमा विवादस्पद कुरा केही छैनन् । पहिला हामीले छलफल गर्दै आएका सेनाका सरोकारका, वृत्ति विकासका विषयलाई उहाँहरुले उठाएका कुराहरु प्रस्तावमा छन् ।
० माओवादीले नेपाली सेना प्रयोग गरेको हो ?
– प्रयोग गरेको होइन, नेपाली सेनाको संलग्नता विना शान्ति प्रकृया कसरी टुगिन्छ । समायोजन हुने दुईवटा शक्ति संलग्न हुनुप¥यो नि त ? नेपाली सेनाको धारणा नलिइकन कसरी समायोजनको कुरा अगाडि बढ्न सक्छ ?
० समायोजन प्रकृयाका लागि पु¥याउनुपर्ने मापदण्डबारे तपाईं बोल्नु भएको छैन नि ?
– नम्सका कुरा पनि प्रस्तावमा छ । प्रस्तावमा भएको कुरा अस्वीकार गरेपछि नम्सका के अर्थ रह्यो ?
० प्रस्ताव परिमार्जन गर्न तयार हुनुहुन्छ ?
– नेपाली सेनाले नै दिएको सुझाव भएको कारणले परिमार्जन गर्नुपर्ने आवश्यकता छैन । हिजो कांगे्रस र एमालेका साथीहरुले सेनाको सरोकारको विषयलाई लिऔं भन्नुभएको थियो । नेपाली सेनाको वृत्ति विकासमा अप्ठ्यारो नपर्ने गरी निर्णय गर्नुपर्छ भनेर उहाँहरुले हजारौं पटक भन्नुभएको छ । आज त्यही कुराको विरोध गर्नुको के अर्थ ?
० सेनाको प्रस्तावलाई प्रधानमन्त्रीले थपघट गर्नुभयो अरे ?
– गर्नुभएको छैन, त्यही प्रस्ताव नै अगाडि बढाउनुभएको हो । झगडा गर्ने कुरा मात्र हो– यो ।
० कांगे्रस एमालेले पनि सेनाको प्रस्तावको विरोध गरेका थिएन नि ?
– जति बेला सेनाले प्रस्ताव दियो, विरोध गरे, प्रस्ताव नदिउञ्जेलसम्म सेनाले दिनुपर्छ, सेनाको राय बुझ्नुपर्छ । सेनाको सरोकारको कुरा हो भनेर उहाँहरुले नै उठाउनुभएको कुरा हो ।
० यो प्रस्तावमा कांगे्रस एमाले सहमत भएनन भने अब के हुन्छ ?
– उहाँहरु सहमत हुनुहुन्छ, शान्ति प्रकृया अगाडि बढ्छ । हामी धेरै लचक भएर आएका छौं । ३५ हजारबाट १९ हजार, १९ हजारबाट ६ हजार ५ सयमा आएका छौं । त्यही पनि विभिन्न रेयाक, आदित्यादिहरु हुँदा हुँदै हामी समायोजनलाई अगाडि बढाउने गरी लचकतापूर्वक आएको कुरा सबैलाई जानकारी गराउँछु । हामी जति लचक हुँदै जाने, उहाँहरुले त्यत्ति नै पेल्दै जाने हो भने यसको अर्थ हो शान्ति प्रकृया टुग्यो भने संविधान निर्माण हुन्छ भनेर कांगे्रस र एमालेमा आतंक मच्चिरहेको छ ।
० त्यो प्रस्ताव ७ बुदे विपरित छ अरे नि ?
– यसलाई ७ बुँदे विपरित भन्न मिल्दैन, त्यसै भित्रको हो ।
० कांगे्रस एमाले ७ बुदे विपरित भनेर जस्टिफाइ गरेका छन् ?
– उनीहरुले भन्दैमा जस्टिफाइ हुने हो ? ७ बुँदे पनि हामीसँग छ, प्रस्ताव पनि हामीसँग छ । त्यो ७ बुँदेभन्दा कुन कारणले विपरित छ भन्ने कुरा स्पष्ट हुनुप¥र्यो नि ! उनीहरुले बोल्दैमा हुने कुरा हो ? सात बुँदे मात्र होइन, उहाँहरुकै माग अनुसार प्रस्ताव आएको छ ।
० कांगे्रस एमालेलाई कसरी चित्त बुझाउन सक्नुहुन्छ ?
– कांगे्रस एमालेलाई चित्त बुझाउने हाम्रो ठेक्का होइन । दर्जना मिलानका कुराहरु सबै स्पष्ट छन् । शिक्षा, उमेर र भर्नाका कुरा अन्तर्राष्ट्रिय नम्सअनुसार लिनुपर्छ भन्ने कुरा स्पष्ट छ । विवादको कुरै छैन ।
० दर्जाको कारणले शान्ति प्रकृया रोकिदैन भनेर वैद्यले भन्नुभएको छ नि ?
– विवादका लागि विवाद भइरहेको छ । शान्ति प्रकृया रोक्ने हाम्रो मनसाय होइन । हामी अगाडि बढाउँछौं, कांगे्रस एमाले समायोजनमा एकहोरो भएर आएका छ । संविधान बन्छ भन्ने आतंक छ उहाँहरुलाई ।
० कहिलेसम्म कुरा मिल्छ ?
– जेठ १४ भित्र सबै कुरा टुग्याउनु छ भने, त्यहीभित्रकै समयवाधी हो । मैले तोक्नै पर्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको