सिजी टेलिकमलाई अर्थमन्त्रीको कटाक्ष, ‘काम नगरी अदालत धाउने ?’

२० फाल्गुन २०७६, मंगलवार ११:५९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २० फाल्गुण । अर्थमन्त्री डा. युवराज खतिवडाले एउटा काम गर्न इजाजत लिने र काम नगरी ओगटेर बस्ने परिपाटी देशव्यापी रहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री खतिवडाले चौधरी समूहको सिजी टेलिकम्युनिकेशन प्रा.ली.प्रति लक्षित गर्दै लाइसेन्स लिएर सेवा नदिने र सरकार बिरुद्द अदालत जाने परिपाटी अन्त्य हुनु पर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणको २२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सिजी कम्पनीको नाम नलिई भने ‘लाइसेन्स लिएर काम नगर्ने, ओगटेर बस्ने, सरकारले लाइसेन्स अनुसारको काम गर भन्दा अदालत जाने परिपाटी बन्द गर्नुपर्छ ।’

दूरसञ्चार प्राधिकरणले सिजीको लाईसेन्स खारेज गरेपछि कम्पनी अदालत गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ । काँग्रेस सभापति