कान्ति लोकपथ राजमार्ग निर्माणमा भ्रष्टाचार

१ भाद्र २०६९, शुक्रबार १२:२० मा प्रकाशित

हेटौंडा, १ भदौं । हेटौंडाबाट काठमाडौं जाने पुरानो मार्ग कान्ति लोकपथको निर्माणमा भ्रष्टाचार भएको पाइएको छ । लोकपथको विभिन्न भागमा काम गरिरहेका निर्माण कम्पनी र लोकपथका प्रमुख विष्णु काफ्लेसहितको मिलोतमतोमा भ्रष्टाचार भएको हो ।
लोकमार्ग काठमाडौंसम्म जोड्नका लागि विभिन्न समयमा काम भइरहेको भए पनि अहिलेसम्म बहानाबाजी गर्दै काम सम्पन्न हुन नसक्नु र निर्माणको जिम्मा पाएका कम्पनीले निर्माणको काम नगर्दा पनि बारम्बार म्याद थप्दै अड्काएर राख्ने गरेपछि राजमार्ग निर्माणमा आर्थिक अनियमितता भएको पाइएको हो ।
पाँच वर्षअघि वाग्मती खोलादेखि जितपुर भञ्ज्याङसम्मका कामको ठेक्का लगाइए पनि ठेक्काअनुसार काम भएको छैन । भएका ठाउँका काममा गुणस्तर नभएको पाइएको छ । वाग्मतीदेखि जितपुर भञ्ज्याङसम्मको क्षेत्रमा गरिएको ढुंगा कटिङको टेन्डर ७० प्रतिशत कम मूल्यमा हालेका काठमाडौंका दुई निर्माण कम्पनीले अहिलेसम्म काम गरेका छैनन् ।
कान्ति लोकमार्गअन्तर्गत वाग्मती खोलामा निर्माण भइरहेको ८५ मिटर लामो पुल निर्माणको काम गरिरहेको वीरगन्जको पप्पु कन्स्ट्रक्सनले विभिन्न बहानामा पुलको काम रोकेर बसेको छ । उसलाई एक करोड ८३ लाख रुपियाँमा ठेक्का दिइएको हो । दुई वर्षका लागि निर्माण ठेक्का दिइए पनि आयोजनाले म्याद थप्दै गएको छ । पुल निर्माणमा ६० लाख रुपियाँभन्दा बढी रकम निकासा भए पनि काम भएको छैन ।
मार्गको कटिङको कामका लागि ठेक्का पाएका दुई कम्पनीले दुई करोड ५० लाख रुपियाँको बोलपत्रलाई ६८ लाख रुपियाँमा हाल्नुले पनि मार्गको काममा आर्थिक चलखेलको संकेत गरेको बताइएको छ ।
आर्थिक चलखेल भएकै कारण दुई निर्माण कम्पनीको काममा कुनै प्रतिफल नपाएको स्थानीयले बताए । मार्गका प्रमुख काफ्लेले निमार्णका लागि पटकपटक म्याद थप गरेको स्विकारेका छन् । उनले स्थानीयको अवरोध र वर्षाका कारण काम नभएको बताए । फास्ट ट्रयाकको कामले पनि लोकपथको कामलाई समस्यामा पारेको उनको तर्क थियो ।
पाँच करोड रुपियाँमा वाग्मती पुल र जितपुर भञ्ज्याङसम्मको काम गर्ने भनिए पनि काम गर्न नसक्दा एक करोड रुपियाँ फ्रिज भएको काफ्लेले जानकारी दिए । लामो समयपछि पुलको काम केही अघि बढेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गरेका छन् । एक हप्तामा उनले

चालू आर्थिक वर्षको १० महिना अवधिमा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आवमा निर्यातमा वृद्धि भएको देखिए पनि आयात अचाक्ली वृद्धि हुँदा त्यसले अर्थतन्त्रलाई चापमा

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको