चितवन बन्द स्थगन

१ भाद्र २०६९, शुक्रबार १२:२० मा प्रकाशित

काठमाडौं, १ भदौ । प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शनको तयारी गरिरहेका बेला बिहीबार भरतपुर विमानस्थल अगाडि आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यबहार एवम् कुटपिट गरेको भन्दै युवा सङ्घ र अनेरास्ववियुले चितवन जिल्ला बन्दको आह्वान गरेकोमा आज कुशे औंशीलाई मध्य नजर गर्दै बन्द स्थगन गरेको संघले जनाएको छ ।
आज बिहान साढे १० बजेबाट नै बन्द फिर्ता गरिएको हो । सरकारी सवारी साधनलाई भने सञ्चालनमा रोक लगाईएको युवा संघका केन्द्रीय सदस्य प्रकाश ढुंगानाले बताए । घटनामा संलग्न प्रहरी अधिकृतलाई कारबाही नगरेसम्म बन्द हडतालका कार्यक्रम जारी रहने ढुंगानाले जानकारी दिए ।
संघका कार्यकर्ताले विहानैबाट बजार क्षेत्रमा टायर बालेर प्रर्दशन गरेका थिए । सवारी साधन नचल्दा यात्रु हिंडेरै गन्तब्य सम्म पुगेका थिए । बन्दका क्रममा बजार, कलकारखाना, शैक्षिक संस्था ठप्प तुल्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका