फुलेकी सानीलाई

२ चैत्र २०६८, बिहीबार ०८:३६ मा प्रकाशित

डम्बर पौडेल
हिमाल झैँ हासेकी , गुलाब झैँ फुलेकी सानीलाई
सागर झैँ धेरै माया , अधरमा बसेकी नानीलाई
सलल बग्यो माया , खोला झैँ कन्चन भई
भेटघाट गरौँ लाग्छ , नजरको छेउमा गई |

चिरबिर स्वर झिकी , चरीले पिरती गासेको
फुलको रस चुसी , डालीमा बसेर नाचेको
लिएर भगौ कि , मुस्काउदै बसेकी सानीलाई
मिर्मिरे बिहानीमै , धारामा आएकी नानीलाई |

बसन्त आई , पालुवामा जंगलै घमाइलो
यौवनमा फुलेको , चंचलेपन हेर्दैमा रमाइलो
हिमाल झैँ हासेकी , गुलाब झैँ फुलेकी सानीलाई
सागर झैँ धेरै माया , अधरमा बसेकी नानीलाई |

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र

हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम