वैद्य माओवादीको महाधिवेशन सर्ने

१ भाद्र २०६९, शुक्रबार ०८:०३ मा प्रकाशित

काठमाडौं, १ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा(माओवादीले महाधिवेशनको मिति सार्ने भएको छ । यसअघि पुस १ गतेका लागि तय गरेको पार्टीको महाधिवेशन माघको अन्त्यतिर हुने सो पार्टीका नेताहरुले जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा साउन ३१ देखि जारी माओवादी पोलिटब्युरो बैठकमा महाधिवेशन केही समयपछि सार्नेबारे छलफल भए पनि मिति भने तय भइनसकेको पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए।
अब दसैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्व परेकाले त्यसले पार्टीको गतिविधिलाई प्रभावित पार्दा महाधिवेशनलाई समय नपुग्ने अवस्था देखिएपछि महाधिवेशन सार्ने मनस्थितिमा आफूहरु पुगेको कँडेलको कथन छ।
एमाओवादीबाट विभाजित भएपछि पहिलो पटक महाधिवेशनको आयोजना गर्न लागेको माओवादीको बैठकले पार्टी सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा ११ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक